🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

उत्पादनका क्षेत्रमा काम गर्न साह्रै गाह्रो छ : अध्यक्ष थापा

बागलुङ, १२ पुस     । काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले उत्पादन क्षेत्रलाई व्यवस्थित गराउनका लागि सहकारी माध्यम सबै भन्दा सहज र प्रभावकारी रहेको बताउनु भएको छ।

   
     बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड काठेखोला–२ बागलुङको आठौं वार्षिक साधारणसभाको पुस ११ गते शनिवार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।     

     उत्पादनका क्षेत्रमा काम गर्न साह्रै गाह्रो छ, तर पनि उत्पादन बढाउनका लागि सहकारी माध्यम नै उपयुक्त भएकाले सहकारीमार्फत उत्पादनमा जोडिन उहाँले किसानहरुलाई आग्रह गर्नुभयो ।    

     सहकारी क्षेत्रले पुँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, अध्यक्ष थापाले भन्नुभयो–अब सहकारीमा केन्द्रित भएको  पुँजीलाई उत्पादनमा परिचालन गर्नु पर्छ ।     

     उत्पादनमा लागेका सहकारीहरुलाई व्यवस्थित गर्नका लागि  गाउँपालिका प्रतिवद्ध रहेको उहाँको भनाइ थियो ।   

 
     कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले उत्पादनका क्षेत्रमा क्रियाशील सहकारीहरुलाई राज्यले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । राज्यले सहकारीमार्फत उत्पादन बढाउनका लागि योजना ल्याउनु पर्ने र त्यसका लागि सहयोगको वातावरण आवश्यक रहेको जिसीको भनाइ थियो ।     

     कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष विद्यापति शर्मा, वडा नं. ६ का अध्यक्ष युक्तप्रसाद कँडेल र बागलुङ दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष ओमनाथ सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।     

     कार्यक्रम संस्थाका अध्यक्ष दीपक गौतमको अध्यक्षता, उपाध्यक्ष बालानन्द कँडेलको स्वागत र सचिव लाल बहादुर खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    
     साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गर्नुका साथै सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको छ ।     

     समितिको अध्यक्षमा दीपक गौतम, उपाध्यक्षमा बालानन्द कँडेल, सचिवमा लाल बहादुर खनाल, सहसचिव बालकृष्ण शर्मा, कोषाध्यक्षमा राम बहादुर हमाल तथा सदस्यहरुमा बालकृष्ण कँडेल, लक्ष्मण प्रसाद शर्मा, जगन्नाथ कँडेल र कान्तालाल जैसी रहनु भएको छ ।  

   
     लेखा समितिको संयोजकमा शिवलाल कँडेल तथा सदस्यहरुमा पहलमान थापा र राजकुमार पौडेल चयन हुनु भएको छ ।