काठमाडौं, माघ ५ \\ प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ लिने र प्रदेश सभाका समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र दिने कार्यक्रम आज एकैदिन परेको छ।
राष्ट्रपतिले प्रदेश प्रमुखलाई नियुक्त गरी पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम आज अपरान्ह ४ वजे राष्ट्रपति कार्यालयमा हुँदैछभने प्रदेशसभामा समानुपातिक सांसद २२० जनालाइ निर्वाचन आयोगले दिउँसो १ वजे निर्वाचन आयोगको कार्यालयमा प्रमाणपत्र प्रदान गर्दैछ।
प्रदेश नं १ का लागि डा. गोबिन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ललाई मन्त्रीपरिषदले प्रदेश प्रमुखमा सिफारिस गरेको थियो ।



