🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

गुल्मीमा जिप दुर्घटना हुँदा ५ को मृत्यु, २ जना घाइते 

काठमाडौं । गुल्मीको इस्मा गाउँपालिका–४ मा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २ जना घाइते छनज् । 

इस्माबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटनामा परेको हो । 

दुर्घटनामा ६५ वर्षीय डम्बर हितान,  शिव दर्लामी, वसन्त दर्लामी, धनबहादुर अछामी र सुन्दरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ । 
 

सोही दुर्घटनामा परी २ जना घाइते भएका छन् । स्वास्थ्य अवस्था गम्भीर रहेका उनीहरूलाई गुल्मी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

जिपमा ९ जना सवार रहेकोमा चालक भने सकुशल छन् । 

दुर्घटनामा परेको जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । यसबारे थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।