काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर १३ लाख ५३ हजार ९०६ जनाको मृत्यु भएको छ । संक्रमणबाट सबैभन्दा धेरै मानवीय क्षति अमेरिकामा भएको छ ।
वल्र्डओमिटर्सका अनुसार, चीन उद्गम भएर फैलिएको कोरोनाबाट विश्वभरका ५ करोड ५४ लाख ४४ हजार ३ सय २७ जना संक्रमित भइसकेका छन् । यीमध्ये १३ लाख ५३ हजार ९०६ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाको सबैभन्दा बढी चपेटामा परेको अमेरिकामा मात्रै २ लाख ५६ हजार २०६ जनाको मृत्यु भएको छ । यो कुल मृत्युको १८.९२ प्रतिशत हो । अमेरिकामा अहिलेसम्म १ करोड १८ लाख ६९ हजार ५ सय २८ जना संक्रमित भइसकेका छन् । यीमध्ये ७१ लाख ६० हजार ६ सय ४४ जनाले स्वास्थ्यलाभ गरिसकेका छन् । अमेरिकामा अझै पनि ४४ लाख ५२ हजार ६ सय ७८ सक्रिय संक्रमित छन् । यसमा २१ हजार ९ सय ५७ जना गम्भीर छन् ।
अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भारतमा भएका छन् । प्राप्त पछिल्लो विवरण अनुसार भारतमा ८९ लाख ५८ हजार १ सय ४३ जना संक्रमित भइसकेका छन् । यीमध्ये १ लाख ३१ हजार ६ सय १८ जनाको ज्यान गइसकेको छ ।
ब्राजिलमा १ लाख ६७ हजार ४ सय ९७, फ्रान्समा ४६ हजार ६ सय ९८ र रसियामा ३४ हजार ३ सय ८७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।



