• शनिबार-बैशाख-८-२०८१

बादलले प्रधानमन्त्रीको साथ नछाड्ने 

 

काठमाडौं । नेकपाको ९ सदस्यीय सचिवालयमा प्रचण्ड र माधव समूहमा ५ र केपी ओली समूहमा ४ जना छन् । प्रचण्डनजिक मानिने गृह मन्त्री रामबहादुर थापा सुरुदेखि नै केपी ओलीलाई साथ दिइरहेका छन् । 

 

नेकपा विवाद चरमोत्कर्षमा पुग्दा बादललाई प्रचण्डले आफूतर्फ तान्न भगमग्दुर प्रयास गरिरहेका छन् । योबीचमा बादलले साथ दिने आशा पनि प्रचण्ड समूहमा छ । तर बादल अहिले पनि ओलीलाई साथ दिइरहेका छन् । 

 

स्रोतका अनुसार, सरकारमा रहुञ्जेल ओलीलाई साथ दिने बादलले बताउने गरेका छन् । जसको नेतृत्वको सरकारमा सहभागी भयो, उसैको विरोध गर्न नैतिक रुपमा नमिल्ने भएकाले प्रचण्डलाई साथ दिन नसक्ने धारणा बादलले आफूनिकटस्थसँग गर्ने गरेका छन् । 

 

ओलीको पक्षमा खुले पनि कतिपय विषयमा भने उनी ओलीसँग असहमत रहेको बताइन्छ । ओलीले पार्टीलाई विधि र प्रक्रिया हिँडाउनु पर्ने मत उनको रहेको छ । 
 

प्रतिकृया दिनुहोस