• शनिबार-बैशाख-८-२०८१

नेपालमा कोरोनाका दुई लाख नौ हजार सात सय ७६ पुगे संक्रमित, आइतबार थपिए १,४७७ जना

काठमाडौं, ३० कात्तिक : नेपालमा कोरोना भाइरसका संक्रमित दुई लाख नौ हजार सात सय ७६ पुगेका छन् । संक्रमित दिनदिनै बढ्दो छन् । आइतबार एक हजार चार सय ७७ जना संक्रमित थपिएका छन् । 

आइतबार त्योभन्दा बढी दुई हजार सात सय ९८ जनालाई निको भएको छ । निको हुनेको संख्या पनि एक लाख ७३ हजार चार सय ३० पुगेको छ । तर मृत्यु हुनेको संख्या भने एक हजार दुई सय २१ पुगेको छ । आइतबार छ जनाको मृत्यु भएको छ । 

नेपालमा सक्रिय संक्रमित ३५ हजार एक सय २५ जना रहेका छन् । 

प्रतिकृया दिनुहोस