• शुक्रबार-बैशाख-७-२०८१

अर्थात जेमन्त : शरदराज गौतम

बहुमत अतिक्रमित नहुञ्जेल प्रधानमन्त्रीले राजीनामा दिन पर्दैन ।
दलीय पद्धतिमा यो स्थापित मान्यता हो ।
कम्युनिष्टहरू भने प्रक्षिशण दिंदा यसैलाई ‘खसीको टाउको’ भन्ने ग¥या छन ।
कुकुरको मासु खाँदा सर्वहाराको अधिनायकत्व देख्नेलाई त्यो स्वभाविक पनि हो ।
देशलाई वर्वादतिर जान नदिन म राजीनामा दिन्न भन्नु चाहिं
टिसि अर्थात, ‘ट्रयाप्ड कम्पल्सिभ’ हो ।
मनोरोगहरूमा प्रयोग हुने पछिल्लो लक्षण ।
यो रोगमा सद्दे मानिस कुनै एउटा विषयको फुँदा समाएर वतृलकार घुमि बस्छ ।
उसलाई लाग्छ, विषयको वतृलकार परिक्रमा गन्तव्य हो ।
पार्टी कमिटीको निर्णय मलाई स्वीकार्य छैन भन्नु सरकार प्रमुखको अग्राधिकार हुन सक्ला ।
यो प्रधानमन्त्रीको नितान्त निजी मामिला हो ।
र, पार्टीको भने आन्तरिक कार्य विधिको विषय ।
यसमा दर्शकदीर्घामा बस्नेहरूको सिंगाने संगगानको कुनै अर्थ छैन ।
म त्यतिसम्म विश्वस्त भएको छु ।
तर नेकपा भित्रको वर्तमान हुटिड्ड मुद्दामा
कम्तीमा एउटा सचेत नागरिक न त असलंग्न रहन सक्छ, न त तटस्थ नै ।
दुबै पाइँदैन, असंलग्न रहन र तटस्थ हुन ।
असंलग्न हुनु भनेको तेश्रो लिड्डी हुनु हो ।
र, तटस्थ हुनु भनेको अत, अराष्ट्रिय तत्व ।
लु भैगो पामर नै सही, कोही अ त भएर देखाओस् ।
संविधान धाँजा पर्छ, पर्छ ।
यस्तो बेला कोही पनि नेपालको पहिलो सर्वशक्तिमान कम्युनिष्ट सरकारसित
सुशासन र समृद्धिको हिसाब माग्न सक्तैनन् ।
माग्नु पनि बेमानी हुन्छ, बेमानी ।
कम्युनिष्टहरूमा जातभात बर्जित कुरा हो ।
तर उदयपुरको नेपालटारको फेदीमा त्रियुगा नदी जहाँ घुमिहिंड्छ ।
त्यहाँका बस्तीहरूमा तपाईलाई मात्न मन लाग्यो भने मात्र पुग्छ ।
कम्युनिष्ट जातको सबथोक देखिन्छ ।
लाज लाग्ने र छोप्ने दोड्डटै कुरा हुन्न ।
तपाई कुन जातको सोध्नै पर्दैन ।
बटुका घुट्काई घुट्काई छाद्नेहरू जति सबै समृद्धिबाहक हुन ।
त्यसैले पनि ती भन्छन,
वर्तमान मुद्दामा तटस्थ पनि हुन पाइन्न ।
तटस्थ हुनु अत हुनु हो ।
हन, कसको लिगेसी हो यो, अत ः?
आजको दिनमा नागरिक अगुवाहरूले प्रश्न सोध्ने हैसियत नै गुमाएका छन ।
त्यसैले ती मुखमा मात्रै होइन, बोलीमा मास्कला’र हिंड्छन् ।
पेशागत व्यावसायिकहरू हातमा हँसिया लिनु कि कलम बोक्नु, अलमलमा छन ।
डाक्टरहरूसित एकातिर हिप्पोक््रयाटिक ओथ छ, अर्कोतिर मंत्रालयको आदेश ।
वकिलहरू सर्वोच्चको नजिर कण्ठ पारुन कि सरकारको मुन्द्रे आदेश ।
सबका सबमा एउटा अपराधबोध थिचिएको छ । 
पिपिइ लुगा लाएकाहरूले सलामी दिएर जलाएको ठूल्दाईकी जहानलाई
म सर्वोच्चको फैसलाको पूर्णपाठ वाचन गरेर चित्त बुझाउँ ?
कि श्रीपेच लाएको सरकारका बोके कार्यकर्ताको ट्विट पढँु ?
मलाई लाग्दछ,
र, त्यसैको लिगेसी ढाडमा बोकेर हामी ओसारी बसेका छौं ।
बहुमत उज्याएर पनि अभिशप्त छन, हाम्रा प्रधानमन्त्री ।
पार्टी विधानसम्मत परम्पराबाट अभिशप्त, सत्तारुढ पार्टी ।
र, यसैको चेपोमा कसैले ठूल्दाईकी जहानलाई सुनाइ दियो ।
शुल्क लिन नपाउने आाफ्नो फैसलामा सर्बोच्च कायम भो मनेर ।
उनी दाहसंस्कारको बिखर्ची बोझबाट मुक्त भइन ।
कम्युनिष्ट शासनकालमा पहिलनो मुक्ति थियो, ठूल्दाईको ।
कि जहान विधवा पारेर देशमा गणतन्त्र हँसाएर गएको छ, ऊ ।
के म बहिखाता निकालेर बसुँ ? 
कसको उधारो कति भो भनेर ?

 

प्रतिकृया दिनुहोस