सिन्धुलीको खुर्काेट र रामेछाप जोड्ने पक्की पुल निर्माण हु“दाको उत्साह बयानगरी साध्य थिएन । छोटो अवधिमै अहिले पुल यो हालतमा जीर्ण भइसकेको छ । रामेछापतर्फ बस्ती छैन । भीर र छा“गो छ । वर्षायाममा छा“गाबाट झरेको लेदो भल नकटाईनाले गर्दा पुल भएर बग्दै पारी तर्छ । नजिकको बजारले कुखुराका प्वा“खलगायतका फोहरहरू पुलबाट नदीमा फालेको पाईयो ।
भलले पुलका फलामे सपोर्टहरू भा“चिएका र बाङ्गिएका र फलामको रङ्ग बदलिएका छन् । पुलको सतहको ढलानमा चिरा परेको छ ।
यही रुपमा छाड्ने हो, भने यो पुल कति टिक्ला ? –देवशंकर पौडेल



