🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महानगरका हाकिमले गर्नु गरे

काठमाडौं । सरकारी कर्मचारीहरू कमिसन पाउने भएपछि पैसा नै नभएपनि उधारोमै करोडौ रकमको सामान खरिद गरी हाल्दा रहेछन् । हाल स्थानीय विकास मन्त्रालयका प्रवक्ता रहेका रुद्रसिंह तामा¨ केही अघि काठमाडौ महानगरपालिकामा कार्यकारी प्रमुख थिए । त्यतिबेला उनले बजेट नै नभइकन १० वटा गाडी खरिद गरे । यसमध्ये ३ वटा ४०÷४० लाखका थिए । अरु सातवटा १८ लाखका दरले किनिएको थियो । यत्रो रकम गाडीमा लगानी गर्दा पहिले नै आवश्यकताको पहिचान गरी नगरसभाले औचित्य सावित गरी बजेट पारित गरेपछि मात्र खरिद गर्नुपर्ने हुन्छ । तर उनले गाडी बिक्रेतासंग पहिले नै कुरा मिलाएर बजेट नै नभएका बेला उधोरामै गाडी लिए ।

 यी गाडी खरिद गरेवापत तामा¨ले एउटा रामै्र गाडी कमिसनस्वरुप हात लगाउन सफल भएको महानगर स्रोतले उल्लेख गरेको छ । यी गाडी खरिद गर्दाको रकम हालसम्म पनि भुक्तानी नभएको पनि महानगर लेखा शाखाका एक कर्मचारीले बताए । यी सवारी साधन तामा¨ले उनलाई यस्तै कार्यमा सहयोग पु¥याउने सातौं तहसम्मका कर्मचारीका लागि खरिद गरिदिएका हुन् । स्मरण रहोस् महानगरकै कतिपय आठौं तहका कर्मचारी समेत गाडीको सुविधा नपाएर लुखुरलुखुर पैदलै वा सार्वजनिक सवारी साधन, बस, टेम्पो र माइक्रो चढेर कार्यालयका धाइरहेका हुन्छन् ।

बजेट नै नभएपनि र आवश्यकताका आधारमा भन्दा बढी कमिसनको मोहमा तामा¨ले किनेका गाडीका भुक्तानी अब आएका नवनिर्वाचित जनप्रतिनिधीले गर्नुपर्ने अवस्था आएको छ । जनप्रतिनिधिले तामा¨ले खरिद गरी कमिसन खाइसकेको गाडीका बारेमा किन किनिएको हो भनी सोधखोज गरेर मात्र करोडौं भुक्तानी देलान् वा खुरुक्क महानगरमा रहेका ज्ञानेन्द्र खड्काहरूले बनाएका कागतमा सही गरेर त्वम् शरणम् गर्लान् ? भन्ने प्रश्न पनि उठेको छ ।

यसैगरी महानगरले साझा यातायातसंग साझेदारीमा साझा बस सञ्चालन गर्ने निर्णय ग¥यो । त्यतिबेला महानगरका तर्फबाट १० वटा साझा बस खरिद गरी साझालाई दिई सहकार्य गरिने समझदारी भएको हो । यसबेला पनि महानगरका प्रशासन प्रमुख ज्ञानेन्द्र खड्का र रुद्रसिंह तामा¨ले राम्रै लाभ लिएका हुन् । साझा बस खरिद गर्ने क्रममा यी दुवै जना भारतमै गए र उतैबाट उनीहरूले कमिसनस्वरुप दुई वटा गाडी पनि लिएर आएको स्रँेतको दावी छ । यी दुवै गाडीको मूल्य ५० लाखभन्दा बढी पर्ने महानगरकै एक अधिकृत बताउ“छन् । दुवै गाडीको नम्बर प्लेट रातो राखिएको छ र महानगरको आम्दानीमा समेत बा“धिएको छैन ।

 महानगरको आम्दानीमा नबा“धिएको भएपनि ५०÷५० लाख मूल्यका यी दुवै गाडीको इन्धन, मर्मतलगायतका खर्च भने महानगरबाटै व्यहोरिरहेको समाचार स्रोतले उल्लेख गरेको छ । महानगको आम्दानीमा नबा“धिएका र महानगरको सम्पत्तिका रुपमा नै नरहेका यस्ता गाडीको लागि कार्यालयबाट इन्धन र मर्मतसम्भार खर्च नियम बमोजिम दिन मिल्दैन । तर शुरुदेखि नै  रुद्र र ज्ञानेन्द्रले यस्तै अनियमित काम गरिरहेका छन् । अहिले भने ज्ञानेन्द्रले सो गाडी कामनपाका कार्यकारी अधिकृत इश्वरराज पौडेललाई चढ्न दिएका छन् । उनले पनि यो गाडी कसको हो वा कसको स्वामित्वमा छ  आदि बुझ्दै नबुझी खुरुक्क चढेर हिंड्ने गरेका छन् ।

 ज्ञानेन्द्रले हालसम्म वैध बनिनसकेको गाडी कार्यकारीलाई जिम्मा लगाएपनि रुद्रसिंहले भने उनले लिएको गाडी बेपत्ता बनाएको आरोप कर्मचारीहरूको रहेको छ । के यिनलाई अलिकता पनि नैतिकता र नियमले छु“दो रहेनछ ? कर्मचारीहरू प्रश्न गर्ने गर्दछन् । स्मरण रहोस् यिनै रुद्रसिंह अहिले स्थानीय निकायका जनप्रतिनिधिलाई निर्देशन दिनसक्ने हैसियतमा स्थानीय विकास मन्त्रालयका प्रवक्ता समेत रहेका छन् ।