• शनिबार-बैशाख-८-२०८१

कात्तिक ९ गते कोभिड-१९ कारण  पाँच जनाले ज्यान गुमाए

 

 

 

 काठमाडौँ, ९ कात्तिक । दशैंकाे समयमा काेराेनाका राेगीहरूकाे संख्या घट्न सकेकाे छैन । २०७७ कात्तिक ९ गते स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा तथ्याङ्क राखे अनुसार  कोभिड-१९ कारण पाँच जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोभिड-१९का कारण मृत्यु हुनेको कुल सङ्ख्या ८४७ पुगेको छ।कात्तिक ९ गतेसम्म नेपालमा कुल १ लाख ५८ हजार ८९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

 

कात्तिक ९ गते आइतवार पुष्टि भएका सङ्क्रमितमध्ये बाग्मती प्रदेशमा १,८४९ जना र प्रदेश १ का ५३९ जना रहेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस