• शुक्रबार-बैशाख-७-२०८१

ब्रुनेईका राजकुमार अजिमको असामयिक निधन  


बन्दर सेरी बेगावान, ब्रुनेई, ८ कात्तिक(रासस÷सिन्ह्वा) : ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको २०७७ कात्तिक ८ गते  शनिबार असामयिक निधन भएको छ । उहाँ ३८ वर्षको हुनुहुन्थ्यो ।

सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मनुभएका अजिम ब्रुनेईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो सुपुत्र हुनुहुन्थ्यो ।

सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।

शनिबार साँझसम्म राजकुमार अजिमको मृत्युको कारणबारे दरबारद्वारा कुनै सूचना सार्वजनिक भएको छैन । 
–––

प्रतिकृया दिनुहोस