🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

गन्धर्व सांगीतिक समुदायलाई खाध्य सामग्रीहरु सहयोग प्रदान 

काठमाडैं । इजरायली दूतावास नेपाल र इजरायली दूतावास जापानले जापान ईन्टरनेशनल सप्पोर्ट प्रोग्राम(JISP)मार्फत काठमाडौं र पोखरा वरपररहेका विपन्न गन्धर्व समुदायलाई खाध्य सामग्रीहरु सहयोग प्रदान गरेका छन् ।

इजरायली सरकारको आर्थिक सहयोगमा JISPले दशैँको महान चाडपर्बको उपलक्ष्यमा करिब १००० बिप्पन्न गन्धर्व परिवारलाई चामल, दाल, तेल र तरकारीहरूजस्ता आधारभूत खाध्य वस्तुहरू प्रदान गरेका छन् । साथै, COVID-19 को यस चुनौतीपूर्ण समयमा साबुन, मास्कलगायत स्वाथ्यसुरक्षाका सामग्री पनि प्रदान गरेका छन् । काठमाडौँमा रहेका गन्धर्व समुदायलाई २०७७ कात्तिक ७ गते खाद्य सामग्रीहरु प्रदान गरियो भने छिट्टै पोखरामा रहेका समुदायलाई सहयोग पठाइने इजरायली दूतावास नेपालले जनाएके छ ।


यस्तो विषम परिस्थतिमा गन्धर्व समुदायलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै नेपालका लागि इजरायलका राजदूत बेन्नी ओमरले भने, "COVID-19 महामारीको यो कठिन समयमा हामी नेपालको गन्धर्व सांगीतिक समुदायलाई मानवीय आवश्यकता सहयोग गर्न पएकोमा खुशी छौं। यहाँहरु सम्पूर्णमा दशैँ र तिहारको मंगलमय शुभकामना पनि दिन चाहन्छौ।"

“विप्पन्न तथा खाँचोमा परेको मानिसहरुर समुदायलाई सकेसम्म चाँडो आधारभूत खाद्य सामग्रीहरु प्रदान गर्नु हाम्रो प्राथमिकता हो । COVID-19 ले सिर्जना गरेको विषम परिस्तिथिका साथै, नेपालीहरुको यस महान चाडपर्वको समयमा हामीले सक्दो चाँडो सहयोग प्रदान गर्ने प्रयास गरेका छौं। नेपालमा पछि परेको गन्धर्व समुदायलाई सहयोग प्रदान गर्नका निम्ति, हामी परम्परागत उत्कृष्ट गन्धर्व सांगीतिक समुदाय र संगीतकारहरुसंगको सहकार्यमा विभिन्न कोष जुटाउने कार्यक्रम गर्दै आएका छौ”, मयुमीयोशिदा- JISP, प्रतिनिधि निर्देशकले बताएका छन् ।

यो इजरायली दूतावास नेपाल र JISP बीचको पहिलो सहकार्य हो। हामी सबै नेपाली मित्रहरूलाई खुशी र समृद्धि दशैं-तिहारको शुभकामना दिन चाहन्छौ, आशा छ यो उत्सवको मौसमले सबैलाई खुशी र राम्रो स्वास्थ्य प्रदान गर्नेछ ”।

 स्मरण रहेस्, नेपालका गन्धर्वहरू विश्वका एक महान संगीत परम्पराको संरक्षणकर्ता हुन्, जुन परम्परालाई युनेस्कोले अमूर्त विश्वसम्पदा(Intangible World Heritage) रूपमा मान्यता दिएको छ । शताब्दीयौंदेखि गन्धर्वहरू नेपालमा सांगीतिक क्षेत्रमा आबद्ध छन् । यो समुदाय आफ्नो जीविका र आम्दानीको लागि मुख्यत पर्यटन क्षेत्रमा आश्रित छ ।

उनीहरूको आम्दानीको मुख्य स्रोत प्राय सारंगी निर्माण गर्नु हो जुन उनीहरू पर्यटकलाई बेच्दछन् । यद्यपि अहिलेको COVID-19 crisis को कारण पर्यटकहरू स्वतन्त्र रूपमा नेपाल आउन सकेका छैनन् । जसको असर गन्धर्व समुदायमा पनि पर्न गएको छ र उनीहरुले आफ्नो जीविका चलाउने तरिका गुमाएका छन् ।