🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निरौलाको पेशी सर्दा ज्यान गयो पर्यटन बोर्डमा बोलचालै बन्द

काठमाडौं । नेपाल पर्यटन बोर्डको भ्रष्टाचारको मुद्दा लम्ब्याउन पूर्व निमित्त सीईओ सुवास निरौलाले अदालतमा चलखेल गरिरहेको खबर छ । स्रोतका अनुसार, विशेष अदालतमा पेशी सार्न हरतरहको प्रयास गरिरहेका निरौलाले कहिले कागजात नपुगेको र कहिले स्वास्थ्य ठीक नभएको भन्दै प्रक्रिया अगाडि बढाउन दिएका छैनन् । विशेष अदालतमा पेशी सर्दासार्दा अत्याधिक तनावकै कारण बोर्डका म्यानेजर धुव्र राईको निधन भइसकेको छ । डाक्टर तनाव नलिन सुझाव दिए पनि मुद्दा टुंगो नलाग्दा राई थप मानसिक तनावमा परेर र केही समय पहिला निधन भएको थियो । विशेष अदालत भने निरौलाको पेशी सारिरहेको छ । २३ जना कर्मचारीमध्ये एकजना राईको निधन भइसक्यो भने निरौला आफैको भने बोर्र्डमा जागिर खाने उमेर हद नाघ्न लागेको छ । अन्य केही कर्मचारी पनि यस्तै समस्याले पीडित भएको गुनासो प्राप्त भएको छ ।

  केही समय पहिला २९ पोका नक्कली कागजात बनाएर अदालतमा बुझाएका निरौलाले २०७४ असारको पेशी पनि साउन १५ सम्मलाई सार्न सफल भएका छन् । बोर्डमा १ अर्बभन्दा बढी रकम अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । निरौला एक्लैले ३३ करोड रुपैया“ अनियतिता गरेको आरोप छ । विशेष अदालतमा दुई बर्षदेखि चलेको मुद्दाको बहस सुरु हुन पाएको छैन । जहिल्यै पनि हेर्न नभ्याइएको भन्दै रहस्यमय ढंगले पेशी सार्ने काम भइहरेको छ ।

यता, नेपाल पर्यटन बोर्डमा एमालेको कोटाबाट बोर्ड सदस्य भएका कृष्णाप्रसाद अर्याल र राजेन्द्र सापकोटबीच मनमुटाव सुरु भएको खबर छ । बोर्डमा  ढुक्कैले बस्ने अर्याल र सापकोटाबीच विवाद उत्पन्न ह“ुदा एमालेनिकट पर्यटन व्यवसायी ठमेलमा पनि विभाजित भएको खबर छ । त्यसको असर नेपाल पर्वतारोहण संघको निर्वाचनमा पर्ने व्यवसायीहरूले बताउन थालेका छन् ।

 सीईओ दीपकराज जोशीलाई हात लिएका अर्यालले आफ्नो स्वार्थ अनुसारका थुप्रै बजेट र कार्यक्रम बोर्डबाट पास गराउन सफल ह“ुदै आएका छन् । त्यसो त सापकोटाले पनि पहिला आफ्नो जिल्ला धादिङमा पर्यटन प्रवद्र्धनका नाममा मन्दिर बनाउन समेत बजेट लगेको आरोप छ । त्यसबाट आलोचित सापकोटा अहिले बोर्डमा निरीह जस्तै भएका छन् । त्यसो त, सीईओ जोशीले पनि काम गर्न नसकेको आरोप कर्मचारीले नै लगाउन थालेका छन् । निरौलासंग मिलेर अनियमिततामा संलग्नहरूसंग जोशीको पनि भित्री बाहिरी सा“ठगाठ बढेको कर्मचारीको भनाइ छ ।