🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रेस काउन्सिलमा चर्कियो द्वन्द्व

काठमाडौं । प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष भवानी बरालको योग्यता सम्बन्धी प्रश्न उठाएर अधिवक्ताद्वय राम कपाली र हीराप्रसाद खतिवडा, पत्रकार बैकुण्ठ भण्डारीले सर्बोच्च अदालतमा दायर गरेको मुद्दाको पेशी २०७४ साउन १० गतेलाई तोकिएको छ । सर्बोच्च अदालतमा मुद्दा खेपिरहेका प्रेस काउन्सिलका अध्यक्ष भवानी बराल र बोर्ड सदस्यहरूबीच सहकार्य र समन्वय हुन नसक्दा प्रेस काउन्सिल नेपाल विगत दुई महिनादेखि काम कारवाहीविहीन अवस्थामा पुगेको खबर छ । नया“ अध्यक्ष भवानी बराल, बोर्ड सदस्यहरू, सचिवालय, सूचना विभागका महानिर्देशक

(प्रेस काउन्सिलका सदस्यसचिव)बीच अन्तक्र्रिया, अपनत्वको भावना र समन्वय नहु“दा दिनप्रतिदिन मनमुटाव बढेर गएको खबर छ । अध्यक्ष बराल र बोर्ड सदस्यहरूबीच चर्किदो द्वन्द्वका कारण २०७४ असार ३० गते बस्नुपर्ने बोर्ड बैठक समेत बस्न सकेन ।

२०७४ असार ३० गते  बोर्ड बैठकका लागि उपस्थित भएका सदस्यहरू अध्यक्ष बरालले आपूm उपस्थित हुन नसक्ने खबर गरेपछि

काउन्सिलमा असहज अवस्था सिर्जना भएको हो । अध्यक्षकै अनुमतिले बोर्ड बैठक बोलाउने कानूनी प्राब्धान रहेको भएतापनि के कति कारणले अध्यक्षले ‘म धुलिखेलतिर कार्यक्रममा ब्यस्त छु’ भनेर अनुपस्थित हुने जानकारी गराए ? भन्ने बारेमा बोर्ड सदस्यहरू र सचिवालयले भेउ पाउन नसकेको बताइन्छ । अध्यक्ष बराल र सदस्यहरूबीचमा उत्पन्न तिक्तताले गर्दा आम संचार माध्यमको अनुगमन, नियमन निरन्तर गर्नुपर्ने प्रेस काउन्सिल जस्तो महत्वपूर्ण संस्था अहिले अन्योलग्रस्त अबस्थामा रहेको कर्मचारीहरूको गुनासो छ ।

अध्यक्ष र बोर्ड सदस्यहरूबीच समन्वयकारी भूमिका खेलेर संस्थालाई सक्रिय बनाउनु पर्ने दायित्व बोकेका सदस्यसचिव वीरबहादुर राई समेत प्रेस काउन्सिलमा उत्पन्न द्वन्द्वका कारणले सरुवा भएर उम्किने कोसिसमा रहेको बताइन्छ । अध्यक्ष भवानी बराल, बोर्ड सदस्यहरू, सचिवालयका बीचमा समन्वय गर्ने सिनियर बोर्ड सदस्यहरूको अभावमा प्रेस काउन्सिलले इतिहासमै पहिलोपल्ट समस्याग्रस्त हुन पुगेको छ । अध्यक्ष भवानी बराल बोर्ड सदस्यहरूबीचको द्वन्द्वका कारण हिजोआज प्रेस काउन्सिलका उपसमितिहरूको बैठक समेत बस्न नसकेको बताइन्छ । हाल १२ सदस्य रहेको बोर्डका ७ जना सदस्यले बोर्ड बैठकका लागि अध्यक्ष समक्ष निवेदन समेत दिएका छन् । निवेदनमा हस्ताक्षर गर्ने बोर्ड सदस्यहरूमा किशोर श्रेष्ठ, महेन्द्र विष्ट, सदर्शन आचार्य, शुभेच्क्षा विन्दु तुलाधर, गोविन्द चौलागाई, चेतनाथ धमला, संगीता खड्का रहेका छन् ।

निवेदनमा के छ ?

२०७४ साउन १ गते २४ घण्टको म्याद दिएर बोर्ड बैठक बोलाउन दिएको निदेवेदनमा भनिएको छ–’’प्रेस काउन्सिल नेपालले तत्काल सम्बोधन गर्नुपर्ने गम्भीर प्रकृतिका नीतिगत विषयमा छलफल गर्न काउन्सिलको बोर्ड बैठक नबोलाउने, बोलाइएको बैठक पनि अन्तिम समयमा बिनाकारण स्थगित गर्ने एवं काउन्सिल अध्यक्ष स्वयंका विरोधाभासपूर्ण अभिव्यक्तिका कारण अन्यौल उत्पन्न भएकोले काउन्सिलको भूमिका र अस्तित्वकै सन्दर्भमा तत्काल छलफल गर्नुपर्ने आवश्यकता महसुस भएकाले २४ घण्टाभित्र बोर्ड बैठक बोलाउन हामी बोर्डका सबै सदस्यहरू सामुहिक माग गर्दछौं ।’’