• बिहीबार-बैशाख-६-२०८१

पुरुष निषेध यो गाउँ

 

विश्वमा महिलालाई र पुरुषलाई समान अधिकार दिनुपर्छ भन्ने कुरा चलिरहेकै छ । पुरुषप्रधान समाजबाट स्वतन्त्रता पाउनका लागि महिलाहरूले अनेका कोसिस गरिरहेकै छन् । तर, विश्वमा यस्ता ठाउँहरू पनि छन् जहाँ आज पनि महिलाकै शासन चल्दै आएको छ । यसको जल्दोबल्दो उदाहरण हो अफ्रिकी मुलुक केन्याको एक गाउँ । केन्याको नैरोबीस्थित एक गाउँ छ उमोजा । 

 

यस गाउँमा केवल महिलाहरू रहेका छन् र उनीहरूले नै शासन चलाएका छन् । यस गाउँको विशेषता भनेको पुरुषलाई यहाँ प्रवेशको अनुमती नै छैन । यस गाउँमा ४८ जना महिलाको एक समूह आफ्नो बच्चाहरूसहित बस्ने गर्दछन् । यस गाउँमा पुरुषलाई प्रतिबन्ध गरिएको छ । यहाँ कुनै पुरुष प्रवेश गरेमा स्थानीय प्रहरीलाई जाकारी दिइन्छ र पुनः नआउन चेतावनी दिइन्छ ।

 

यस गाउँको सुरुआत सन् १९९० मा १५ जना महिलाबाट भएको थियो । त्यसबखत संबुरु तथा इसिओसो क्षेत्रका महिलाहरूमााथि ब्रिटिस सैनिकका जवानहरूले दुष्कर्म गरेका थिए । त्यस पश्चात उनीहरूका श्रीमान्हरूले उल्टै आफ्ना श्रीमतीहरूलाई गलत ठह¥याउँदै गाउँ निकाला गरेका थिए । 


 
त्यसपछि ती महिलाहरू एक भएर एक स्थानमा गएर बस्न लागे र त्यस गाउँको नाम उमोजा दिएका थिए । त्यसैकारणले गर्दा ती महिलाहरूले आफ्नो गाउँमा कुनै पुरुषलाई पनि प्रवेश नदिने घोषणा गरेका थिए । त्यो परम्परा अहिलेसम्म चल्दै आएको छ । उमोजा गाउँमा महिलालाई पूर्ण स्वतन्त्रता छ । केही कामका लागि कसैको अनुमति लिनु पर्दैन । महिलाहरू मोतिका मालाहरू बनाउनेजस्ता काम गरेर जीवनयापन गरिरहेका छन् । 
 

प्रतिकृया दिनुहोस