काठमाडौं । कृषि विकास मन्त्रालयबाट नियमित रुपमा अनुदान हात पार्न सफल भएका कृषि उद्यम केन्द्र, केन्द्रीय कृषि सहकारी संघ, राष्ट्रिय कृषि सहकारी संघ फ्लोरिकल्चर एशोसिएसन नेपाललगायतका संस्थाले २०७४ असारको अन्तिम घडीमा सरकारी अनुदानको करोडौं रुपैया“ हात पार्न सफल भएको खबर छ ।
विभिन्न कामका लागि भन्दै बजेट स्वीकृत गराएपनि तोकिएको काम नभएकाले रकम दिन नमिल्ने भन्दै अड्डी लिएर बसेका कृषि विकास मन्त्रालयका लेखा शाखाका उपसचिव कृष्ण तिमल्सेनालाई अन्तिम दिन ‘क्यास’ हातपछि मात्र भटाभट चेक काट्न थालेको स्रँेतले बताएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कृषि उद्यम केन्द्रका लागि विनियोजित बजेट रोकिएको भन्दै सचिव डा. सुरोज पोख्रेल र प्रशासन महाशाखाका सहसचिव काशीराज दाहाललाई २०७४ असार ३० गते शुक्रबार कार्यकक्षमा पुगेर अनुदानको रकम निकास गर्न दवाव दिएको पनि थाहा भएको छ ।
कृषि उद्यम केन्द्रले एक गाउ“ एक उत्पादन र एक जिल्ला एक उत्पादनका नाममा बार्षिक २५ करोड रुपैया“ लिंदै आएको छ । स्रँेतका अनुसार, जुन उद्देश्यका लागि कृषि विकास मन्त्रालयबाट लगिएको पच्चीस करोडले न त गाउ“मा विशेष कुनै उत्पादन नै भएको छ न त उत्पादकतत्व बृद्धि भएर कृषकले अनुदान रकमको सदुपयोग गरेर कृषिलाई टेवा पुग्ने काम नै भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्नु अगाडि कृषि उद्यम केन्द्रकी अध्यक्ष समेत रहेकी भवानी राणाले महासंघको निर्वाचनमा आफ्नो ब्यक्तिगत प्रभावपार्नका जिल्ला÷ नगर उद्योग बाणिज्य संघका प्रतिनिधिहरूलाई त्यही एक गाउ“ एक उत्पादनको रकमले विदेश शयर गराएर अनुदानको करोडौं रकम ब्यापक दुरुपयोग गरेको समाचार सा“घुले प्रकाशन गरेपछि मन्त्रालयले निकासा दिन रोकेको थियो ।
तर, आर्थिक वर्ष २०७३÷०७४ को अन्तिम दिन भवानी राणा स्वयं कृषि विकास मन्त्रालयमा पुगेर रकम निकास गर्न लगाएको कर्मचारी स्रँेतबाट थाहा भएको छ । जसका लागि उनले कृषि उद्यम केन्द्रका उनका विश्वासिलो कर्मचारीका रुपमा रहेका रमेश कडरियामार्फत कृषि विकास मन्त्रालयका लेखा शाखाका हाकिमलाई कमिशन दिने गरी रकम निकासा गर्न सफल भएको कर्मचारी स्रँेतले बतायो ।
एक गाउ“ एक उत्पादनको २५ करोड मध्ये करीव १ करोड मात्र निकास भएको थियो । अरु रकम काम नभएको भन्दै निकासा दिइएको थिएन । २०७४ आषाढ ३० गते मात्र बा“की रकमको चेक कमिशनको कुरा मिलेपछि कृषि विकास मन्त्रालयका लेखाका उपसचिव कृष्ण तिमल्सेनालाई काट्न लगाइएको थियो ।
कृषि उद्यम केन्द्रको अनुदान रकम सीधैं सचिव पोख्रेल, सहसचिव काशीराज दाहाल र अध्यक्ष भवानी राणाबीच डिलको आधारमा उपलब्ध भएको बताएको छ । केन्द्रीय कृषि सहकारी संघ, राष्ट्रिय कृषि सहकारी संघ तथा फ्लोरिकल्चर एशोसिएन नेपाललाई उपलब्ध गराइएको करीव १२ करोड रुपैयँ“मा भने लेखाका उपसचिव कृष्ण तिमल्सेनाले नै डिल गरेको स्रँेतको दावी छ । अनुदानको रकमको चेक नबनेको विषयमा कृषि उद्यम केन्द्रका कडरियाले तिमल्सेना समक्ष २०७४ असार २५ गतेदेखि नै फलो गर्दै आईरहेको थिए । तर उनले आफू युरिक एसिडले पीडत भएको भन्दै टार्दै आईरहेका थिए । तर, सचिवसम्म शुभलाभको कुरा मिलेपछि असार ३१ गते शनिवार पनि मन्त्रालय खोलेर अनुदान पाउनेहरू सबै संस्थाको ब्याक डेटको चेक तिमल्सेनाले नै बनाएका थिए । अनुदान लिने संस्थाका प्रतिनिधिहरूबाट तिमल्सेनाले क्यास नै बुझेर लिएको स्रँेतको दावी छ । कृषि विकास मन्त्रालयले आषाढ ३० गते जारी गरेको चेकको विवरण हेर्नेहो भने त्यसबाट सर्वै कुरा स्पष्ट हुने देखिन्छ ।



