🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रदेशप्रमुखको नियुक्ति र प्रदेशकेन्द्र तोकिएन

काठमाडौं, पुस २८ \\ मन्त्रिपरिषद् स्रोतले शुक्रबारको मन्त्रिपरिषद बैठकबाट प्रदेश प्रमुख नियुक्त हुने जानकारी गराएको भएपनि शुक्रबार पनि प्रदेश प्रमुख नियुक्त गर्न सकेन।

प्रदेश प्रमुख र अस्थायी केन्द्रसम्बन्धी कुनै निर्णय नगरी मन्त्रिपरिषद् बैठक सकिएको छ।

अस्थायी केन्द्रसम्बन्धी बैठकमा छलफल भए पनि आगामी बैठकबाट निर्णय गरिने मन्त्री वीरबहादुर बलायरले जानकारी दिए।

भर्खरै सकिएको मन्त्रीपरिषदको बैठकले गरेका निर्णयहरु यस्ता छन् –

न्यायसेवाको विशिष्ट श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गरेको छ।  वैशाख १ गतेदेखि राष्ट्रिय आर्थिक गणना- २०७५ सूचीको आदेश जारी गर्ने निर्णय गरेको छ। ८ अर्ब विश्व बैंक बाट ऋण स्वीकार गर्ने निर्णय गरेको छ। कर्मचारी समायोजनसम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ।

२०३६ सालमा धनकुटाको कुकु छिन्ताङमा तत्कालीन राज्यबाट मारिएका १६ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। उपरथी गौरव तन्डुललाई रथीमा प्रमोन गरी युएन फोर्स कमाण्डरमा पठाउने निर्णय गरेको छ।

पुनरावेदन समितिको प्रमुखमा हेमराज पन्तलाइ नियुक्त गरिएको छ। र, ज्ञानेन्द्रलाल महर्जनलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ।