• बिहीबार-बैशाख-६-२०८१

१ नम्बर प्रदेश प्रहरीबाट भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

 


बिराटनगर, असोज १३ गते ।  १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर अन्तरगत  इलाका प्रहरी कार्यालय ऐंसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्की  २०७७ भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।

 

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ, अवैध हातहतियारद्वारा ब्यक्ति हत्या जस्तो जघन्य अपराधको घटना घटाई लुकीछिपी बसेको अभियुक्तलाई खोजतलास गरी हातहतियार सहित पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएकाले जवान दिनेश कार्की पुरस्कृत भएका छन् । 


 आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्कीलाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङकन गर्दै २०७७ साल भाद्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ । 


  प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको प्रहरीले जनाएकाे  छ ।

 

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको  प्रहरीले जनाएकाे छ  ।

प्रतिकृया दिनुहोस