• शुक्रबार-बैशाख-७-२०८१

मन्त्री साहले गरे सचिवको अपमान : प्रमुख सचिव मूकदर्शक

 

काठमाडौं । प्रदेशमा सरुवा भएका सहसचिव र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका उपसचिवहरू महिनौंसम्म पनि खटाएको ठाउँमा गएका छैनन् । स्थानीय निकायमा सरुवा भइसकेपछि कतिपय उपसचिवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि विभिन्न निकायको पत्र ल्याएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेर नजाने बहाना खोजिरहेका छन् । तर सामान्य प्रशासन मन्त्रालयको आदेश अनुसार सरुवा भएको प्रदेशमा रमाना लिएर गएका एक सहसचिवलाई प्रदेश नम्बर २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले हाजिर नै हुन नदिई अपमान गरेर फर्काइदिएका छन् । 


  २ नम्बर प्रदेशको भूमिब्यवस्था मन्त्रालयको सचिवका रुपमा सरुवा भएकी सम्झना काफ्लेलाई मन्त्री साहले हाजिर नगराई फर्काइदिएका छन् । कृषि विकास मन्त्रालयबाट सरुवा भएर २ नम्बर प्रदेशको कृषि मन्त्रालय हाजिर हुन पुगेकी सचिव काफ्लेलाई मन्त्री साहले हाजिर हुन नदिइएपछि दुबै जनाबीच विवाद चर्किएको थियो । उनले केही साता अगाडि मात्र मात्र सामाजिक सञ्जालमै प्रदेशमा छोटो अवधिमै सचिव फेरिनुले कार्य सम्पादनमा कठिनाई भइरहेको आशयसहितको पोष्ट गरेका थिए ।


संघबाट प्रदेशमा रमाना लिएर हाजिर हुन पुगेकी सचिव काफ्लेको कार्यकक्षमा ताल्चा लगाउने काम मन्त्री साहको निर्देशनमा भएको थियो । हाजिर हुन जाने क्रममा सचिव काफ्ले र अन्य कर्मचारीमाथि हातपात र दुव्र्यवहार समेत भएको थियो । सचिव काफ्लेले भने हाजिर हुन जाँदा अवरोध गरिएको र आफू केही नबोली मन्त्रालयबाट फर्किएको बताएकी छिन् । उनले भनेकी छिन्, प्रमुख सचिवको निर्देशनमा सचिवले काम गर्ने हो, तर हाजिर गर्न जाँदा अवरोध गरिएपछि फर्किएँ । २ नम्बर प्रदेशका प्रमुख सचिव अर्जुन पोखरेल छन् । तर उनले सचिवमाथि अपमान र हातपातको प्रयास हुँदा पनि त्यसको बारेमा एक शब्द बोलेका छैनन् । संघीय सरकारले खटाएका सचिवलाई हाजिर गराउने बातावरणसमेत बनाउन नसकेपछि काफ्ले फर्किन बाध्य भएकी छिन् ।   

प्रतिकृया दिनुहोस