• बिहीबार-बैशाख-१३-२०८१

निधि र सिटौलाको भेटघाटले कांग्रेसमा ल्यायाे तरंग 

 

काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशन नजिकिंदै जा“दा पार्टीका शीर्ष नेताहरु आफ्नो स्वार्थका लागि च्या“खे दाउ खेल्न थालेका छन् । सभापति शेरबहादुर देउवा क्याम्पका वरिष्ठ खम्बा उपसभापति विमलेन्द्र निधिले आगामी महाधिवेशनमा आफू सभापतिमा उठ्ने जानकारी दि“दै सभापति देउवास“ग समर्थन र सहयोग मागेर देउवा क्याम्पमा ठूलै हल्ली खल्ली उत्पन्न गरिदिएका थिए ।

 

यो पटक नभए पछि उमेरको कारणले हुन सक्दैन भनेर आगामी महाधिवेशनबाट सभापतिमा निर्वाचित हुने लक्ष्यसहित अगाडि बढ्न थालेका उपसभापति निधिले अहिलेसम्म देउवा क्याम्प भने छाडेका छैनन् । जबकि सभापति देउवाले पनि आगामी महाधिवेशनमा हुने निर्वाचनबाट पुनः पार्टी नेतृत्वमा पुग्ने गृहकार्य तीव्ररुपले अगाडि बढाइराखेका छन् । सभापतिको उम्मेद्वारीको गृहकार्य पनि गरिराखेको र देउवा क्याम्प पनि नछाडेको कारण उपसभापति निधिले कुन स्वार्थमा आएर यस्तो दोहोरो खेल खेलिराखेका हुन् भनेर कांग्रेस नेताहरुले बुझ्न सकिराखेका छैनन् । 


यसैगरी सभापति देउवाको कार्यशैलीको रामचन्द्र पौडेल पक्षस“ग मिलेर चर्काे विरोध गरिराखेका पूर्व महामन्त्री कृष्ण सिटौलाले पौडेल पक्षले पार्टी कार्यालयमा सभापति देउवाले महाधिवेशनको मिति निश्चित भइसकेपछि पार्टी विधान र निर्वाचन आचारसंहिता विपरीत गरेको विभिन्न विभाग पदाधिकारी चयनको विरोधमा बुझाउन थालेको ज्ञापनपत्रमा हस्ताक्षर गरेर आफ्नो पक्षको सहमति जनाउन इन्कार गरेका छन् । सिटौलाको यो भूमिकाले उनको पक्ष निर्वाचनको अन्तिम समयमा सभापति देउवातिरै ढल्कन सक्ने विश्लेषण अहिले कांग्रेसमा हुन् थालेको छ । उपसभापति विमलेन्द्र निधि र  पूर्व महामन्त्री कृष्ण सिटौल बीच २०७७ असोज १२ गते एक्लाएक्लै लामो छलफल पनि भएको खबर छ । 


काठमाडौंको चण्डोलस्थित सिटौलाको घरमा भएको भेट तथा छलफलमा निधिले भनेका थिए, ‘सभापति लड्ने कुरा ढेड दुई वर्षदेखि मेरो मनमा थियो । शीर्ष नेतास“ग छलफल पनि गरिसकेको छु । सबैलाई अब म लड्छु नै भनिसके“ । अब म जुनै सुकै ‘सिचुएशन’मा पनि लड्छु । सिटौलाजी हामी मिलेर जानुपर्छ । मैले तपाईस“ग सहयोगको अपेक्षा राखेको छु ।’

 

उपसभापति विमलेन्द्र निधिसंगको छलफल र भेटमा सिटौलाले भने, ‘निधिजीसंग विचार र दृष्टिकोणका हिसाबले धेरै कुरा मिल्छ । वहा“ यथास्थितिमा बस्ने मान्छे होइन । निधिजीस“ग सहकार्य हुने सम्भावना म पनि देख्छु ।’

 

 नेपाली कांग्रेसका युवा नेता गगन थापा यो महाधिवेशनमा महामन्त्रीमा निर्वाचित हुने र पन्ध्रौं महाधिवेशनमा सभापतिमा निर्वाचित हुने गरी लक्ष्यसहित आफ्नो राजनीतिक गतिविधिलाई अगाडि बढाइराखेका छन् । तर सिटौला पक्षमा रहिंरह“दा २०७७ फागुन ७ गतेबाट हुने भनिएको चौधौं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित हुने अवसर प्राप्त हुने विश्लेषण गर्दै उनी देउवाइतर पक्षले अगाडि सार्ने प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी दिने गरी राजनीति अगाडि बढाइराखेका छन् ।

 

यसैगरी सिटौला क्याम्पका अर्का चर्चित नेता प्रदीप पौडेल पनि आफ्नो राजनीतिक भविष्यलाई ध्यानमा राखेर सिटौला गुट छाड्ने मनस्थितिमा पुग्न थालेका छन् । यसैगरी सिटौला क्याम्पका अन्य दुई हस्ती भीमसेनदास प्रधान र शिव हुमागाईं भने सभापति देउवास“ग निकट हुन् थालेका छन् । 


आगामी महाधिवेशनमा सभापतिका लागि आधा दर्जनभन्दा बढी वरिष्ठ नेताहरुले उम्मेद्वारीको कसरत गरिरह“दा महामन्त्रीका लागि भने गगन थापा, प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य मिनेन्द्र रिजालले उम्मेद्वारीको कसरत गरिराखेका छन् र उनीहरु बलियो प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी दिने पक्षमा देखिएका छन् । 
 

प्रतिकृया दिनुहोस