• बिहीबार-बैशाख-६-२०८१

एक हजार ३५१ जनामा कोरोना सङ्क्रमण

 

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । 


यसैगरी आज कोरोना निको भई ७४२ जना डिस्चार्ज हुनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६४० पुगेको मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए । 


देशभरका स्वास्थ्य प्रयोगशालामा आज १० हजार ८० जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल मुलुकभर सक्रीय सङक्रमितको सङ्ख्या १९ हजार ६२४ रहेको उनले बताए । यसैगरी संस्थागत आइसोलेसनमा आठ हजार ६९५, होम आइसोलेसनमा दश हजार ९२९ तथा विभिन्न क्वारेन्टिनमा छ हजार ३१० जना छन् । 
 

मुलुकभरका अस्पतालमा हाल कोरोना सङ्क्रमितमध्ये २२५ जनाको आइसियुमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस