• शुक्रबार-चैत-१६-२०८०

सञ्चार मन्त्रीमा प्रदीप ? 

 

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको तयारीसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रीको खोजी सुरु भएको छ । प्रधानमन्त्री नजिकका व्यक्तिले यो जिम्मेवारी पाउने निश्चित भए पनि कसलाई दिने भन्नेबारे निर्णय हुन भने बाँकी रहेको बताइन्छ ।


सम्भावित सञ्चार मन्त्रीका रूपमा विभिन्न नेताहरूको नाम चर्चामा छ ।  परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा रहेका प्रदीप ज्ञवालीलाई सञ्चारमा सार्ने मनस्थिति पनि प्रधानमन्त्रीले बनाएको चर्चा नेकपामा हुने गरेको छ । सन्तुलित र मिडिया फ्रेण्डली भएकाले ज्ञवालीलाई परराष्ट्रबाट सञ्चारमा ल्याउने सोच प्रधानमन्त्रीले बनाएको बताइन्छ । ज्ञवालीलाई सञ्चारमा सार्दा परराष्ट्रमा अर्को विश्वासिलो पात्र लैजानुपर्ने भएकाले अन्य विकल्पमा प्रधानमन्त्री जाने सम्भावना पनि उत्तिकै छ ।  


महेश बस्नेतलाई पनि सम्भावित सञ्चार मन्त्रीका रूपमा चर्चँ गरिदैछ । प्रधानमन्त्रीका विश्वासपात्र भए पनि बस्नेतले यसपटक मन्त्री हुने अवसर पाएका छैनन् । त्यसैले उनलाई सकेसम्म सञ्चार नभए कुनै एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउनुपर्ने दवाव पनि प्रधानमन्त्री ओलीमाथि परेको बालुवाटार स्रोतले जनाएको छ ।


पत्रकारिताबाट राजनीतिमा होमिएका राजेन्द्र गौतमले सञ्चारको बागडोर सम्हाल्ने सम्भावना पनि उत्तिकै छ । पूर्वपत्रकार पनि भएकाले गौतमलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिन उपयुक्त हुने सुझाव नेकपाका केही नेताले दिएको बताइन्छ । यसबाहेक सञ्चारको जिम्मा दिने अन्य सम्भावित पात्रबारे पनि प्रधानमन्त्री र उनीनिकट नेताबीच छलफल भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस