वैज्ञानिकहरूले किटनाशक औषधिमा भएको आर्गनोफोस्फेटको सम्पर्कका कारण मस्तिष्कमा गम्भीर असर पार्ने कुरा बाहिर ल्याएका छन् । अनुसन्धानकर्ताहरूले अलग अलग १४ ओटा अध्ययनको निष्कर्षबाट यो रसायनले मस्तिष्कको सूचना प्रणालीमा गम्भीररुपमा असर पार्ने कुरा उजागर गरेको हो । यूनिभर्सिटी कलेज लण्डन र ओपन यूनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यस रसायनले कम सम्पर्कमा पनि मस्तिष्कमा छरितो रुपमा प्रतिकुल असर पार्नेकुरा पूर्णप्रमाणसहित अनुसन्धानको निष्कर्र्ष बाहिर ल्याएका हुन् । द टेलिग्राफका अनुसार, यस रसायन किटनाशक औषधि तथा वायुयानको इन्धनमा यसको मात्रा धेरै हुने र यसले वायुमण्डलमा असर गरी मानिसलाई धेरै नोक्सान पु¥याउन सक्ने अनुसन्धानमा बाहिर आएको बताइएको छ ।



