• शनिबार-बैशाख-८-२०८१

यो हो चकलेट म्युजियम

 

हामीले विभिन्न प्राचीन वस्तुहरूको संरक्षण र संवद्र्धनका म्युजियमहरू सुनेका र देखेका पनि छौं । मानिसहरू भिन्नभिन्न चिजहरूका पारखी हुने गर्दछन् । यस्तैमा चकलेट प्रेमीहरूका लागि चकलेट म्युजियम खुलेको छ । २०२० सेप्टेम्बर १३ मा स्विजरल्याण्डको ज्युरिखमा यस्तो म्युजियम सञ्चालनमा ल्याइएको हो । ६५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यस म्यूजियमको नाम लिंट होम अफ चकलेट राखिएको छ । यसमा विश्वका ठूला ठूला लिन्ट चकलेट पसलहरू रहेका छन् ।

 

यसको उद्घाटन प्रसिद्ध टेनिस खेलाडी रोजर फेडररले गरेका छन् । ज्युरिखलाई विश्वमै चकलेटको राजधानी भनेर चिनिन्छ । यस शहरमा उत्पादित चकलेटलाई उत्कृष्ट क्वालिटी र स्वादको मानिने गरिन्छ । स्विस चकलेटको इतिहास बुझ्नको लागि यो म्यूजियम उपयुक्त स्थान हो । यतिमात्र नभई यस म्यूजियममा आफ्नै हातले चकलेट बनाउने पारखीका लागि चकलेट बनाउने मौका पनि दिइन्छ । (अमरउजाला)
 

प्रतिकृया दिनुहोस