• बिहीबार-बैशाख-१३-२०८१

सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय वाणिज्य बैंकको २४१ औं शाखा


 काठमाडाैं ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं.–६ स्थित शाखा कार्यालय वीरेन्द्रनगर सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री  प्रकाश ज्वालाबाट साइनबोर्ड अनावरण गरी बैंकको २४१ औं शाखा कार्यालयको २०७७ असाेज ४ गते आईतबार समुदघाट्न गरिएको छ । 


उक्त अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री  प्रकाश ज्वालाले रा.वा.बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने  बताएका छन् ।

 

उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । बैकको कर्णाली प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रमुख डा. शालीकराम पोख्रेलले शाखाको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा शाखा कार्यालय वीरेन्द्रनगरका प्रबन्धक जयप्रसाद बरालले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।


बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 


 

प्रतिकृया दिनुहोस