🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दलाई लामाका नक्कली दूतका अनेक नाटक ‘चीनको पैसा खाएर हामीलाई दुःख दिने’ ?

सा“घु संवाददाता 
काठमाडौं । धार्मिक नेता दलाई लामाको ८२ औं जन्मदिन २०७४ असार २२ गते विश्वमा छरिएर रहेका तिब्बती शरणार्थीहरूले भव्य रुपमा मनाएका छन् । नेपालमा रहेका तिब्बती शरणार्थीहरूले भने यसपटकको दलाई लामाको जन्म दिन स्वयम्भुमा मनाउने तयारी गरेकोमा काठमाडांै जिल्ला प्रशासन कार्यालयले आ–आफ्नो क्याम्पमा मनाउन निर्देशन दिएपछि स्वयम्भु र शहरी क्षेत्र (ठमेल)का तिब्बती शरणार्थीहरूले दलाई लामाको जन्म दिन एकदिन अगाडि अर्थात् २१ असार २०७४ मा नै मनाङ बाह«गाउ“ लोछोदुन सेवा संघ, स्वयम्भुमा भव्य रुपमा मनाएका छन् ।
 जावलाखेल क्याम्पले पनि २२ असारमा एकान्तकुनास्थित ह्याण्डीक्राफ्ट सेन्टरमा अर्ध गुप्त तरिकाले भव्यरुपमा मनाएको समाचार छ । तर यसपटक बौद्ध क्याम्पका शरणार्थीले भने दलाई लामाको जन्मदिन मनाउन नपाएको खबरछ । यसको कारण थियो बौद्ध शरणार्थी क्याम्प प्रमुखको असक्षमता । अन्यत्रका सबै शरणार्थी क्याम्पका प्रमुखहरूले सुरक्षा निकायस“ग समन्वय गरेर दलाई लामाको जन्मदिन मनाए । तर, बौद्ध शरणार्थी क्याम्पका प्रमुख काल्साङले कुनै पहल नै गरेनन् । जब बौद्ध प्रहरी वृत्तले विनाअनुमति कुनै पनि कार्यक्रम नगर्नु भनेपछि काल्साङले एकाएक २१ असारका दिन बिहान बौद्ध शरणार्थी क्याम्पमा तिब्बती शरणार्थीहरूको बैठक डाकेका थिए । 
 बैठकमा ६० जना जति तिब्बती शरणार्थी नेताहरू खचाखच हलमा बसिरहेका बेला काल्साङ हस्याङफस्याङ गर्दै हलमा छिरेर तिब्बती भाषाबाट कुन्जो कसम, कुन्जो कसम(भगवान कसम) भन्दा सबै ट्वाल्ल परेर हेरेकाहे¥यै भए । शरणार्थीहरूले सोचे कि भगवानको नाम लिंदै आयो दलाई लामाको जन्मदिन राम्रै मनाउन पाइन्छ भनेर । तर कुर्सीमा अडिन नपाउ“दै काल्साङको मुखबाट पर्रर कुन्जो कसम अब म छोड्दिन“ अब म छोड्दिन“ तिब्बती शरणार्थी भएर चाइनाको पैसा खाने अनि हाम्रो सबै कुरा चीन पु¥याउने र चीनले नेपाल सरकारलाई दबाब दिएर हामीलाई परम गुरु दलाई लामाको जन्म दिन मनाउन नपाउने ? काल्साङले तिब्बती भाषाबाट तथानाम गाली गरे र भन्न थाले–‘अब चीनको पैसा खाएर हामीलाई दुःख दिनेलाई म समाउ“छ, हेरिरहनुस् छोडदिन“ र तपाईहरूले पनि सहयोग गर्नुस् च्याप्प समाएर ल्याउनुस् म ठीक पार्छु, हामीभित्रकै ब्यक्तिहरू त्यस्ता छन् ।’ 
काल्साङको कुरा सुनेर सबै तिब्बती शरणार्थीहरू मुखामुख गर्न थाले । कही“ यही“ त चाइनीज एजेन्टको नाम सार्वजनिक गर्दैनन् भनेर एकछिन सन्नटा छायो हलमा । उनले पछि शान्त भए र भन्न थाले– यसपालि दलाई लामाको जन्मदिन मनाउन नपाउने भइयो, सबैले आ–आफ्नो समुदायलाई खबर गर्नुस्, म अब केही गर्न सक्दिन“ भनेर अरुलाई बोल्न नदिई बाहिर निस्के । अनि सबै जना निराश ह“ुदै बाहिर निस्के । 
 काल्साङ स्कुटर चढेर लागे अज्ञात स्थलतिर अनि के खोज्छस् काना आ“खा भनेको जस्तो बैठकबाट निस्केका सबैले कुरा काट्न थाले । शरणार्थीले काल्साङ नै चाइनाको हन्डी खान्छ भन्दै उनको उछितो काढ्न बा“की राखेनन् । स्रोत भन्छ, सन् २००८ मा तिब्बत युथ क“ग्रेस, काठमाडांैको प्रमुख हु“दा काठमाडांैमा तिब्बती शरणार्थीको आन्दोलन चर्किरहेको थियो आन्दोलन लगभग ३ महिना पुगेको थियो । त्यही बेलामा चीनबाट एक जासुसी निकायको टोली आएर काल्साङलाई सोल्टी होटलमा भेटघाट ग¥यो  र आन्दोलन एकाएक रोकिएको कुरा कसैले बिर्सेका छैनन् । बौद्ध क्याम्प बाहिर यो कुराको काल्साङले जवाफ दिनुपर्दैन भन्दै एक आपसमा झगडा नै गर्न समेत शरणार्थीहरू पछि परेनन् । तिब्बती भाषाबाट माग्मी, माग्मी( सीआईडी) भन्दै केही कराउन थाले । एक छिनपछि सबै जना बाहिरिए । कुनै ब्यक्ति आएको संकेत गरे ।
यसबारेमा के भएको रहेछ भनी बौद्ध क्याम्पका एक तिब्बती शरणार्थीलाई सोद्धा नाम नबाउने र कुन्जो कसम कसैलाई पनि नभन्ने शर्तमा काल्साङ ढण्डुपको बेली बिस्तार लगाए । उनले भने–अरुलाई चीनको हन्डी खाने भन्छ त्यसले खुद खान्छ खुद, कन्जो कसम नपत्याए हेर्नु कुनै आम्दानी नभएको मान्छे ५० औं लाखको गाडी चढेको, दैनिकी हेर्नुस् विहानदेखि दिउ“सोको खानासम्म रेष्टुरेण्टमा हुन्छ भने बेलुका दरवारमार्ग र ठमेलका मनोरन्जन स्थलहरूमा बित्छ । अनि काल्साङका लागि यत्रो खर्च कताबाट आउ“छ ? काल्साङले नै दलाई लामाको जन्मदिन मनाउन चाहेका थिएनन् । उल्टै प्रहरीको नाम लिएर मनाउन दिएन भन्छन्, आफू असक्षम छ नाच्न नजान्ने आ“गन टेढो जस्तै हो । 
 जावलाखेल र स्वयंभु तथा देशभरीकै शरणार्थी क्याम्पले दलाई लामाको जन्मदिन मनाउने तर बौद्धलाई मात्र नमाउन दिने कही“ हुन्छ ? गत बर्ष पनि काल्साङले दलाई लामाको जन्मदिनमा प्रहरीस“ग सेटिङ गरेर पक्राउ गरेको बहानामा दलाई लामाको जन्मदिन मनाउन पाएनन् । काल्साङले नै प्रहरीस“ग सेटिङ गरेर मलाई पक्राउ गरेर चौकीमा लानु अनि सबै जना डराएर मनाउ“दैन भनेर बहाना बनाएको आरोप छ । शरणार्थीले गतबर्षको काल्साङको पक्राउ नाटकीय भएको र अरुलाई उल्लु बनाएको भन्ने गरेका छन् ।
      कुनै समय दलाई लामाको जन्मदिन नेपालमा भव्य रुपमा मनाउ“दै आएकोमा दलाई लामाकै नाममा फाइदा लिने ब्यक्तिहरूको गैरजिम्मेवारीले गत वर्षदेखि मनाउन नपाएकोमा तिब्बती शरणार्थीहरू निरास भएका छन् ।
अमेरिकी राष्ट्रपतिले किन 
दलाई लामालाई भेट्न मानेनन् 
     दलाई लामाले  सन् २०१७,  १२ जुनदेखि २८, सम्म अमेरिकाको भ्रमण गरे पनि यस पटक अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई भेट्न मानेनन् । दलाई लामा अमेरिकामा नै रहेको बेला २५ जुनमा अमेरिका पुगेर २६ जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पस“ग ह्वाईटहाउसमा भेट गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दलाई लामास“ग भेट गर्न लबिङ गरे पनि कडा स्वभावका ट्रम्प टसमस नै नभएको समाचार अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले दिएका थिए । 
अमेरिकी राष्ट्रपतिले भेट गर्न नमानेपछि मानसिक तनावमा रहेका दलाई लामा हाल लद्दाकको लामो भ्रमणमा छन् र लद्दाक भ्रमणबाट केही धार्मिक कदमहरू चाल्ने दलाई लामा निकट पण्डितहरूले भविष्यवाणी गरिरहेका छन् ।