• बिहीबार-बैशाख-६-२०८१

नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन संवाद 

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका उनका समकक्षी नरेन्द्र मोदीबीच शनिबार टेलिफोन कुराकानी भएको छ । भारतीय स्वतन्त्रता दिवसको अवसरमा दुई देशका समकक्षीबीच टेलिफोन कुराकानी भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीसँग शनिबार टेलिफोन संवाद भएको जनाएका छन् । 

दुईबीच भएको कुराकानीको विषयबारे भने उनले केही बताएका छैनन् । 

नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि लामो समयदेखि संवादहीनता रहेको थियो । गत चैत २८ मा ओली र मोदीबीच टेलिफोन कुराकानी भए पनि त्यसयता संवाद टुटेको थियो । 

भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर दुई देशका समकक्षीबीच भएको संवादलाई अर्थपूर्ण ठानिएको छ । 
 

प्रतिकृया दिनुहोस