• शुक्रबार-चैत-१६-२०८०

काठमाडौंमा फेरि कडाइ, खुला स्थानमा भेला हुन र व्यापार गर्न निषेध 

सैलुनदेखि जिमखानासम्म बन्द 

काठमाडौं । काठमाडौं जिल्लामा प्रशासनले थप कडाइ गरेको छ ।  खुला स्थानमा भेला हुनेदेखि  ठेला गाडा, साइकलमा  गरिने व्यापारसम्मका गतिविधिमा प्रशासनले रोक लगाएको हो ।  

काठमाडौंमा बढ्दो कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै रोक लगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।  

अब शुक्रबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्म खुला स्थानमा भेला हुन, भीडभाड गर्न र सभाजुलुस गर्न पाइने छैन । 

यसअघि नै जात्रा, महोत्सवलगायतका गतिविधिमा प्रशासनले रोक लगाएको थियो । प्रशासनले फेरि पनि त्यसलाई पनि निषेधित गतिविधिको सूचीमा समेटेको छ । 

दैनिक नित्य पूजा गर्न भने प्रशासनले खुला गरेको छ । यसबाहेकका गतिविधि गर्न भने रोक लगाएइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालद्वारा जारी सन्देशमा उल्लेख छ । 

त्यस्तै, उद्योग, व्यापार, व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्डविपरीतका कार्य, सभा, गोष्ठी समिनार गर्न पनि प्रशासनले रोक लगाएको छ । सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, व्युटी पार्लर, स्पा, जिमखाना पनि काठमाडौं जिल्लाभित्र भदौ १५ सम्म सञ्चालन गर्न पाइने छैन । 

उद्योग व्यवसाय सञ्चालनका लागि मापदण्डविपरीत श्रमिक तथा कामदारको ओसार प्रसार गर्न र टेक वेबाहेक होटल, रेस्टुँरा सञ्चालन गर्न पनि निषेध गरिएको प्रजिअ दाहालले जनाएका छन् । 

प्रतिकृया दिनुहोस