• शुक्रबार-चैत-१६-२०८०

सिन्धुपाल्चोकमा नेपाली सेनाद्वारा खोज तथा उद्धार कार्य जारी

 


काठमाडाैं ।  २०७७ श्रावण ३० गतेको ०६३० बजे सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं.२ मा गएको पहिरोमा परि पुरिएका ३८ जनामध्ये ११ जनाको शव नेपाली सेनाको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय वासिन्दाहरुको सहयोगमा फेला पारेको छ ।

नेपाली सेनाको गोरखबक्स गणबाट सह सेनानीको कमाण्डमा खट्टिएका २५ जनाको खोज तथा उद्धार टोलिले बाकिं हराईरहेका २७ जनाको खोजी कार्य जारी राखेको   छ । आज विहान गएको सुख्खा पहिरोमा परि ३७ वटा घर पुरिएको थियो । उक्त स्थानमा नेपाली सेनाको हेलिकप्टरद्वारा राहत सामग्री पुर्‍याएको छ । 

 

प्रतिकृया दिनुहोस