• शनिबार-बैशाख-८-२०८१

विवाद मिलाउन नेकपाले गठन गर्यो कार्यदल, विष्णु पौडेल संयोजक 

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी विवाद समाधान गर्न   महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । 

शुक्रबार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलमा पार्टीमा जारी विवाद कार्यदलमार्फत समाधान गर्ने सहमति बनेको थियो । त्यही सहमतिअनुसार ६ सदस्यीय कार्यदल गठन गरिएको हो । 

कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र  पम्फा भुसाल सदस्य छन् । कार्यदलमा केपी, प्रचण्ड र माधव नेपाल तीनवटै समूहबाट २÷२ जनाको प्रतिनिधित्व रहेको छ । 

गठित कार्यदलले अब नेकपा विवाद  समाधानका लागि सुझाव पेस गर्नेछ । 

सत्तारूढ दल नेकपाको विवाद लामो समयदेखि चर्कंदै आएको छ । योबीचमा विभाजनसम्मका खतरा रहेको भन्दै नेताहरूले चिन्ता व्यक्त गरेका थिए । कार्यदल गठनसँगै नेकपा विवाद तत्कालका लागि साम्य भएको छ । 
 

प्रतिकृया दिनुहोस