• शुक्रबार-बैशाख-७-२०८१

प्रभु बैंकको  ''डिबेन्चर २०८४” बाँडफाँड गरियो 

 

 

काठमाडैं ।  नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा २०७७ साल श्रावण १९ गतेदेखि २०७७ साल श्रावण २३ गतेसम्म प्रभु बैंक लिमिटेडको “१०% प्रभु बैंक डिबेन्चर २०८४” को रु. १,०००/ अङ्कित दरको २०,००,००० (बीस लाख) कित्ता ऋण पत्रहरु सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरीद बिक्रीका लागि आह्वान गरिएको थियो । सोमध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल रु. १ अर्ब २० करोड ऋण पूँजी रकम बरावरको विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवर/(Private Placement)  बाट र ८ लाख कित्ता डिबेन्चरले हुन आउने कूल रु. ८० करोड ऋण पूँजी रकम (५% अर्थात ४०,००० युनिट सामुहिक लगानी कोषका लागि बाडँफाँट गरी) बाँकी रहेको ७,६०,००० कित्ता डिबेन्चर सर्वसाधारण नेपालीहरुको लागि निष्काशन खुल्ला गरिएको थियो ।


निर्धारित अवधिभित्र सर्वसाधारण समूहलाई ७,६०,०००(सात लाख साठी हजार) कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा २,३०८जना आवेदकहरुबाट कूल ७,३०,३६५(सात लाख तीस हजार तीन सय पैँसट्ठी) कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त गरेको थियो । त्यस मध्ये ४१७ जना आवेदकहरुबाट आवेदन पर्न आएको जम्मा ३,५१,२३१ –तीन लाख एकाउन्न हजार दुई सय एकतीस) कित्ता ऋणपत्र विभिन्न कारणवश  Reject   भएको हुँदा रितपूर्वक १,८९१ जना योग्य आवेदकहरुलाई मात्र निजहरुले माग गरे बमोजिम नै बाँडफाँड गरिएको छ । 


  रितपूर्वक १,८९१ जना योग्य आवेदकहरुलाई कूल ३,७९,१३४(तीन लाख उनासी हजार एक सय चौँतीस) कित्ता ऋणपत्र बाँडफाँड गरियो तथा व्यक्तिगत तवरबाट १२,००,०००(बाह्र लाख) कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा ४५जना योग्य आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको ३,८०,८६६ (तीनलाख असी हजार आठ सय छयसट्ठी)कित्ता समेत गरीकूल १५,८०,८६६ (पन्ध्रलाख असीहजार आठ सय छयसट्ठी) कित्ता ऋणपत्र बाँडफाँड गरिएको छ ।


सर्वसाधारण समूहबाट ३७,९१,३४,००० (सैँतीस करोड एकानब्बे लाख चौँतीस हजार) रुपैया र व्यक्तिगत तवरबाट १,५८,०८,६६,००० (एक अर्ब अन्ठाउन्न करोड आठ लाख छयसट्ठी हजार) रुपैया निष्काशन रकमका लागि  २०७७ साउन २९ गते निष्काशन तथा बिक्री प्रबन्धकत्वको कार्यालय, नक्साल, काठमाण्डौमा बाँडफाँड गरिएको छ । 


प्रभु बैंक लिमिटेडका ऋणपत्रमा माग गरिएको भन्दा ३.०७ गुण बढीले आवेदन पर्न आएको थियो ।   

प्रतिकृया दिनुहोस