• शुक्रबार-बैशाख-७-२०८१

बिहारमा एकै दिनमा करिब चार हजार कोभिड–१९ बाट सङ्क्रमित

 

 

पटना, ३०  साउन (रासस/एएनआई) : विहारमा विगत २४ घण्टाको अवधिमा करिब चार हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको राज्य सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी गराएको छ ।

 

हालसम्म बिहारमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३३ हजार ९१६ रहेको छ । 

 

संघीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ६६ हजार ९९९ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।

 

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या झण्डै २४ लाख गुगेको छ भने छ लाख ५० हजारभन्दा बढी व्यक्ति अहिले पनि कोभिड सङ्क्रमित छन् भने करिब १७ लाख सङ्क्रमणमुक्त भएका सरकारी तथ्याङ्क छ ।

 

 भारतमा बिहीबारसम्ममा ४७ हजार ३३ व्यक्तिको कोरोना भाइरसको महामारीका कारण मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस