• बिहीबार-बैशाख-१३-२०८१

संक्रमित पक्रन् गज्जब अपरेशन

 

कोरोना भाइरस संक्रमणले विश्व नै प्रभावित बनेको छ । हाम्रो छिमेकी मुलुक भारत पनि विश्वकै कोरोना संक्रमितको संख्या धेरै हुने मुलुकमा पर्दछ । कोरोना संक्रमित बिरामी आइसोलेसनमा बस्नुपर्ने हुन्छ । नत्र यस संक्रमणको भाइरस अरुमा सर्ने खतरा हुन्छ । तर छिमेकी मुलुक भारतमा कोरोना संक्रमण भएको रिपोर्ट पाउने बित्तिकै भागेका कोरोना संक्रमितलाई समात्न प्रहरीले एक किसिमको अपरेशन नै गर्नुप¥यो । यो घटना हो भारतको मध्य प्रदेशको ।

 

कोरोना संक्रमितलाई पक्रनका लागि प्रहरीले राती दुई बजे उनको घरमा बाहिरबाट चोरजस्तै गरी छिरेर ती संक्रमितलाई समात्न सफल भयो । यसरी प्रहरी टिम कोरोना संक्रमित भएको ठाउँमा पुगेपछि ती बिरामीलाई जिल्ला अस्पतालको कोभिड सेन्टरमा भर्ना गरिएको थियो । प्रहरीले यसरी आधा रातमा पर्खाल नै चढेर संक्रमित पक्राउ गर्नुको कारण यी व्यक्ति आफ्नो संक्रमण लुकाएर परिवारका साथ घर बन्द गरेर भित्र बसेका थिए ।

 

प्रशासनले यो जानकारी पाएपछि यिनको खोजी भएको थियो । प्रहरीले यी व्यक्ति भागेकाले र भाग्ने डरले यसरी रातारात पक्राउ गर्नु परेको बताएको छ । 
 

प्रतिकृया दिनुहोस