• बिहीबार-बैशाख-१३-२०८१

नेकपा विवाद अन्ततः समाधानउन्मुख 

 

काठमाडौं । सत्तारूढ दल नेकपाको आन्तरिक विवाद अन्ततः समाधानतर्फ उन्मुख  भएको खबर छ । 


नेकपाका शीर्ष नेताबीच नै संवादहीनता रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले नेकपा विवाद केही दिनभित्रै सुल्झिने दाबी गरेका छन् । 


२०७७ साउन २८ गते एपीवान टेलिभिजनसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दिन नै तोकेर ५ दिनभित्र पार्टीमा नयाँ सिनारियो देखापर्ने बताएका छन् । 


अर्को हप्ता, दस दिनमा जुन खिचातानीका बीच अघि बढिरहेको पार्टीभित्रको सम्बन्ध छ, त्यो गाँसिएको  देखिरहनु भएको छ कि मैले जति बोले पनि छिन्छ ? 

प्रस्तोता भूषण दाहालको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भनेका छन्– हप्ता दस दिन होइन, ५ दिनमै मसँग फेरि प्रश्न गर्नुस् के हुन्छ सिनारियो ।’ उनले २०७७ साउन २९ गते बिहीबारबाटै त्यसको काउण्ट डाउन सुरु गर्न पनि आग्रह गरेका छन् । 
 

यद्यपि, उनले जारी विवाद कसरी समाधान हुँदैछ भन्नेबारेमा भने प्रष्ट्याएका छैनन् । 


अहिले नेकपा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल दुवैजना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण भएपछि क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमै भए पनि पार्टी विवाद समाधानका लागि अध्यक्ष र महासचिव निरन्तर संवादमा रहेको बताइएको छ । संवाद उपलब्धिमूलक बन्दै गइरहेको स्रोत बताउँछ । 


‘अहिले नेकपा विवाद समाधान उन्मुख बन्दै गएको छ,’ स्रोतले भन्यो, ‘प्रचण्ड र विष्णु पौडेलको क्वारेन्टाइन अवधि ५ दिन बाँकी रहेकाले त्यसपछि यो मामला २०७७ भदाै १ गतेभित्रै सल्टने छ ।’

 


 

 
 

प्रतिकृया दिनुहोस