• शुक्रबार-बैशाख-७-२०८१

मनसुनी रोग रोक्ने यी मसालाहरू 

 

अहिले कोरोना भाइरसको सिकार पूरा विश्व नै बनेको छ । शरीरमा राम्रो प्रतिरक्षा प्रणाली भएका व्यक्तिले कोरोना भाइरसविरुद्ध लड्न सक्ने चिकित्सकहरूले दाबी पनि गरिरहेका छन् । यसका साथसाथै गर्मीमा मौसमी भाइरसहरूको संक्रमण हुने खतरा पनि उत्तिकै रहन्छ । तर केही डाइटिशियन तथा चिकित्सकहरूले यी कुराहरू प्रयोग गर्नाले शरीरमा इम्युनिटी पावर बढ्ने र रोगबाट लड्ने क्षमता विकास हुने दाबी गरेका छन् । हामीले दैनिक खाने घरेलु मसलाको उपयुक्त प्रयोग गर्न सकेमा शरीरमा प्रतिरक्षा प्रणाली विकास गरी हामीलाई संक्रमणबाट बचाउन मद्दत गर्दछ । यी मसला तथा भोजनहरू निम्न छन् : 


बेसार : बेसारले शरीरमा प्रतिरक्षा प्रणाली बढाउँछ । यो एक औषधीय गुणले भरिपूर्ण मसाला हो । यसमा एन्टी इन्फ्लेमेटरी, एन्टी ब्याक्टोरियल, एन्टीअक्सिडेन्ट तथा एन्टी क्यान्सर गुण रहेको छ । यसले प्रतिरक्षाका साथसाथै छालामा पनि चमक ल्याउँछ । दूधमा बेसार हालेर पिउने हो भने अति उत्तम हुने डाइटिसियनहरू दावी गर्छन् । 


मरिच : मरिच म्याग्निज, फोस्फोरस, भिटामिन के, सेलेनियम तथा केरोटिनजस्ता पोषकतत्वले भरिपूर्ण छ जसले शरीरमा प्रतिरक्षा प्रणाली विकास गर्दछ । मरिचमा पनि उच्च एन्टीअक्सिडेन्ट हुने भएकाले ब्याक्टेरिया तथा भाइरसविरुद्ध लड्न मद्दत गर्दछ । 


ल्वाङ : ल्वाङको अधिकतम प्रयोग दाँत दुखाई भएको समयमा दाँतमा राख्न प्रयोग गरिन्छ । तर यतिमात्र नभई ल्वाङले जलन तथा रुघाखोकी कम गर्न पनि निकै मद्दत गर्दछ । ल्वाङमा पनि एन्टीअक्सिडेन्छ एवं एन्टी एन्फ्लामेटोरी गुण हुने भएकाले मौसमी रोगविरुद्ध लड्न मद्दत गर्दछ । 


दालचिनी : दालचिनी यस्तो मसाला हो, जुन मधुमहेदेखि लिएर अन्य कयौं रोगहरूका लागि फाइदाजनक मानिन्छ । यसलाई एक राम्रो प्रतिरक्षा बुस्टर पनि भनिन्छ । यसले शरीरमा प्रतिरक्षा बढाउन ठूलो भूमिका खेल्दछ । 

प्रतिकृया दिनुहोस