🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सदस्यसचिवको स्वघोषणाले ल्यायो हलचल

सा“घु खेलकुद प्रतिनिधि
काठमाडौं । कही“ नभएको जात्रा हा“डीगाउ“मा भनेझैं राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलाई हेर्ने हो भने राखेपमा सबै जात्रा देख्न पाइन्छ । उनी सबै कुरा आफैले निर्णय गर्छन् । उनी आफै घोषणा गर्छन् । कहा“ सफलता हासिल भयो र कहा“ असफलता हासिल भयो भन्ने कुराको निर्णय पनि उनी नै गर्छन् । त्यसैगरे उनले असार ३० गते शुक्रबार, ललितपुरमा भएको एक कार्यक्रममा । तेक्वान्दोको कार्यक्रममा उनले भने, ‘मैले हरेक खेलकुदमा सफलता हासिल गरें तेक्वान्दो र करा“तेमा सकेको छैन । 

अब तेक्वान्दो र करा“तेलाई मिलाउ“छु ।’ उनले यसो भनिरह“दा त्यहा“ उपस्थित धेरैजसोले मुखामुख गरे । किन कि सदस्यसचिवले जहा“जहा“ हातहाले त्यहा“ त्यहा“ ध्वस्त नै पारेको सबैलाई जगजाहेर छ । 
कार्यक्रममा कानेखुसी चल्यो । केही ब्यक्ति हा“से पनि । अन्धभक्तहरूले खुसी पनि व्यक्त गरे । उनकै कार्यकर्ताले ताली पनि बजाए । खेलकुद परिषदकै केही कर्मचारीले अब तेक्वान्दो र करा“ते पनि ध्वस्त हुने भयो भन्दै नाक खुम्च्याए । 
नहोस् पनि कसरी । क्रिकेट संघमा आफ्नो प्रभुत्व जमाउन खोज्दा क्रिकेट संघ नै निलम्बनमा पार्ने काम सदस्यसचिवले गरे । उनलाई यसबारे कुनै ग्लानी नै छैन । अहिले क्रिकेट संघलाई जीवित पार्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले मागे अनुसारको विधान बनाएर पठाइएको छ । त्यो पनि लामो समयको अभ्यासपछि एउटै समझदारीमा विधान बन्न सकेन । असमझदारी समेटेरै विधान पठाइएको छ । 
तर, आइसीसीले सबै पक्षलाई मिलाएर नेपाल सुहाउ“दो विधान पठाउन भनेको थियो । क्रिकेटका दिग्गज भनाउ“दाहरू पत्रपत्रिका, टेलिभिजन र रेडियोमा ठूलठूला कुरा गर्न भ्याउ“छन् । आफूलाई नेतृत्व दिए सबै कुरा मिलाइदिने बताउ“छन् । तर एउटा विधान पनि मिलाएर पठाउन सकेनन् । ठूलै व्यापारीहरू पनि चुके विधान बनाउन । 
यसो हुनुमा सदस्यसचिव विष्टको पनि ठूलै हात रहेको गुनासो खेलाडीहरूको रहेको छ । उनले निर्वाचन गर्ने पक्षलाई असहयोग गरी अर्को पक्ष च्याप्न खोजेर जुन दुर्दशा निम्त्याए माफीयोग्य छैन । अझ उनले तदर्थसमिति गठन गरेर कहिल्यै मिल्न नसक्ने गरी क्रिकेटलाई ध्वस्त पारेको आरोप पनि खेप्दैछन् । क्रिकेट संघ निलम्बनमा छ । अझै लम्बिने लक्षण छ । यसबीचमा उनले विवादमा आएको एसियन प्रिमियर लिग क्रिकेट नेपालमा गर्न दिएर ठूलै दलाली गरेका छन् । 
यो सम्बन्धमा सरकारले स्पष्टिकरण पनि लिएको छैन । अरुबेला भएको भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि चासो जान्थ्यो । तर यसपटक अख्तियारले पनि कुनै चासो देखाएको छैन । मुद्दा पनि परेको छ । तर त्यो सहजै निक्र्योलमा पुग्ने देखिदैन । किनकि यहा“ ठूलाठूला मुद्दा पनि फछ्र्योट नभइ थन्किएका छन् । 
फुटबलको विवाद त्यस्तै छ । सदस्यसचिव विष्टले फुटबलमा पनि हात हालेकै हुन् । अनुभवमा कमी, नेतृत्व क्षमतामा कमजोर र गरीब मानसिकता बनाएर उनले खेलुकद चलाइरहेको आरोप वैचारिक रुपमा उनी निकटहरूले लगाउन थालेका छन् । तेक्वान्दो र करा“तेका थुप्रै संघ खुलेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जा“दा एउटै संघबाट जानुपर्दथ्यो । 
आधिकारिक पनि एउटै हुन्छ । तर उनले त्यसलाई केही गर्न सकेनन् । जुनसुकै संघमा पनि अवसर लिन गए । मिलाउन गएनन् । थुप्रै संघबाट विदेश गएर कीर्तिमान रचे । तर समाधान गरेनन् । अब प्रत्यक्ष हात हाल्छु भन्नुको मतलव उनलाई पनि भाग चाहियो भन्ने हो भन्न थालेका छन् तेक्वान्दो र करा“तेका पदाधिकारी । एक करा“ते मुख्य प्रशिक्षकले त मुखै फोडेर भनेका छन्, ‘सदस्यसचिवज्यू जहिलेसम्म खेलकुदमा बस्नुहुन्छ नेपाली खेलकुद पराजित भइरहन्छ ।