🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

लामो दूरीका सार्वजनिक सवारी र हवाई उडानमा भदौ १५ गतेसम्म रोक 

काठमाडौं । लामो दूरीका सार्वजनिक सवारी र हवाई उडानमा भदौ १५ सम्म रोक लगाउने निर्णय सरकारले गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका सार्वजनिक सवारी र हवाई उडानबारे गरेको निर्णय परिमार्जन गरेको हो । यसअघि भदौ १ गतेबाट लामो दूरीका सार्वजनिक सवारी र हवाई उडान सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेको थियो । 

कोरोना भाइरसको जोखिम बढेपछि यसअघि गरिएको निर्णयमा परिमार्जन गरिएको सरकारका एक मन्त्रीले जानकारी दिए । 

गत चैत ११ बाट लगाइएको लकडाउनपछि लामो दूरीका सवारी साधन र हवाई उडान रोकिएका थिए । संक्रमण बढ्दै गएपछि यसको सञ्चालनमा थप अन्योलता उत्पन्न भएको छ । 

त्यस्तै, सीमा नाका र काठमाडौं प्रवेश गर्ने नाकामा थप कडाइ गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।