🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चार पक्राउ

रुकुमपश्चिम, २२ साउन (रासस) : नेत्रविक्रम चन्द समूह नेकपाका रुकुम(पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित चार जनालाई पक्राउ गरेको हो । 

    लुकीछिपी कार्यक्रम गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको मुसीकोट नगरपालिका–६ का ३९ वर्षीय जिल्ला सेक्रेटरी रावलसहित पार्टीका जिल्ला सदस्य २८ वर्षीय घमण्ड महर र विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष १९ वर्षीय प्रेमप्रशान्त बोहरालाई पक्राउ गरेको हो । 

    त्यस्तै सोही टोलीमा रहेका पार्टीका कार्यकर्ता २० वर्षीय तुलबहादुर घर्ती पनि पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । जाँच गर्दा राडीबजारको एक होटलको कोठामा छलफल गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । –––