🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

नेपाल बैंकले ल्यायो सरल घर कर्जा योजना

काठमाडौँ,२० साउन  । नेपाल बैंक लिमिटेडले बजारको माग र चाहनाबमोजिम नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा कम ब्याजदर हुने गरी पाँचवर्षे अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा प्रदान गर्ने भएको छ । घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गर्नाका साथै अन्य बैंकमा रहेको घरकर्जासमेत ‘स्वाप’ गर्ने सुविधा दिने भएको छ । नेपाल बैंक नेपालको पहिलो बैंकसमेत हो । 

बैंकले नयाँ लघु उद्यम कर्जा, समृद्घ व्यवसाय कर्जा र घडेरी कर्जा योजनासमेत शुरु गरेको छ । लघु उद्यम कर्जा तथा समृद्घ व्यवसाय कर्जाको वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको छ । सो ब्याजदर पनि त्यस प्रकृतिका कर्जामा बैंकिङ क्षेत्रकै न्यून ब्याजदर भएको बैंकले जनाएको छ ।

त्यस्ता कर्जा प्राप्त गर्नका लागि सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार÷व्यवसाय हुनुपर्नेछ । 

त्यस्ता व्यवसाय सञ्चालन तथा विस्तारका लागि रु २५ लाखदेखि रु ९९ लाखसम्मको लघु उद्यम कर्जा र रु एक करोडदेखि रु तीन  करोडसम्मको चालू तथा स्थिर पूँजी व्यवस्थापनका लागि कर्जा उपलब्ध गराइनेछ । दुवै प्रकारका कर्जाअन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा अन्य सामान खरिद गर्न स्थिर पूँजीकर्जा र चालू सम्पत्ति व्यवस्थापनको लागि चालू पूँजीकर्जा प्रदान गरिने बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो । 

लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे सात कार्य दिनभित्र निर्णय गरी प्रदान गरिनेछ । यस्तै, घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा योजना ल्याएको छ ।

उक्त कर्जाको वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तीय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसीय आवश्यकता पूरा गर्न सक्नेछन् । 

उक्त कर्जा योजनाअन्तर्गत खरिद गरिने घडेरी कम्तीमा साँढे दुई आना वा साँढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अवधि ५ देखि २० वर्षसम्म कायम गरिएको छ । बैंकले १८६ शाखा, १२५ एटिएम तथा २९ वटा एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

चालू आवमा सबै जिल्लामा शाखा सञ्जाल पु¥याई कूल शाखा सङ्ख्या २१४ पु¥याउने लक्ष्य राखिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । (रासस)