• शुक्रबार-श्रावण-३०-२०७७

पीएलए लडाकुको लकडाउन पीडा : सहकारीले लिइछाड्यो किस्ता : मिनबहादुर श्रेष्ठ

 


(कोरोना भाइरसको महामारीका कारण सबैभन्दा ध्वस्त भएको क्षेत्रमध्ये यातायात क्षेत्र पनि अग्रस्थान मै पर्छ । सवारी नै चल्न नपाएपछि उक्त सवारीबाट आश्रित परिवारको अवस्था के होला ? त्यो अवस्थाबाट धेरैजसो सवारी चालक, सहचालक र गाडीमालिक तथा स्वरोजगार नै गुज्रेका छन्् । चार महिनासम्म सवारी चलाउन नपाएर अवस्था के बन्ला । अझ बैंक÷सहकारीको कर्जा तिर्दा के हालत भयो होला ? यी सबै पीडाबाट गुज्रेका छन् रामेछापका स्वरोजगार सडक पाइलट मिनबहादुर श्रेष्ठ । रामेछाप जिल्लाका ३० वर्षीय श्रेष्ठले चार महिनासम्म गाडी ग्यारेजमै थन्काएर राख्नुपर्ला भन्ने भएको भए गाडीमा लगानी नै किन गर्थे होला र । त्यसमाथि अझ सहकारीबाट लिएको ऋण । एक सशस्त्र द्धन्द्धका अयोग्य लडाकु जसले सिड्डो कालखण्ड त्यही द्धन्द्धमा बिताएर पनि किन हुनुप¥यो बिमुख । बा २ ख ७५०५ नम्बरको गाडी चलाइरहेको अवस्थामा शुक्रबार (२०७७ साउन ९ गते) भेटिएका बा २ ख ६३१३ नम्बरको गाडीका स्वरोजगार साँघु प्रतिनिधिले सडक पाइलटसंगको अन्तरड्डमा लिएको यो कुराकानी – सम्पादक) 

 

० चार महिनापछि गाडी चलाउँदा कस्तो अनुभूति भइरहेको छ ?
–छट्पटी भइरहेको थियो । खुल्यो । अब त बन्द नहोला कि । 


० सोच्नु भएको थियो यस्तो होला ?
–के सोच्नु नि, कोरोनाले त बर्बादै भयो । चुर्लुम्मै डुबियो । 


० खानलाई समस्या भयो कि भएन ?
 –खानलाई नै समस्या त भएन । परिवारलाई गाउँ पठाइदिएँ । म काठमाडौंमै बसें । आफ्नो गाडी थन्कियो । साथीभाइले कहिलेकाहिं बाहिर जानुप¥यो भने सम्झिन्थे । लकडाउनमा नेपालमा त गाडी गुड्दा रहेछन् । पास बन्दा रहेछन् । त्यसरी नै चल्यो खान त । तर घरबेटीको भाडा पाँच महिनादेखि तिरेकै छैन । 


० के भन्छन् त घरबेटी ?
–भएको बेलामा दिनुस् भन्छन् । लकडाउन खुल्यो अब कमाएर दिनुपर्ला नि ।

 
० तपाई आफ्नो गाडी छोडेर कसको चलाइरहनु भएको त ?
–मैले गाउँमै रामेछापमा चलाउँथें । लकडाउनदेखि थन्किएर बसेको छ । गाउँमा अहिले त गाडी चल्दैन बाटाहरू पहिरो गएका छन् । खाली बस्नु भएन भनेर साहुको गाडी चलाएको । 


० कस्तो छ कमाई ?
–२०७७ साउन ८ गतेदेखि त बाहिर निकालियो गाडी । मान्छे नै छैनन् । आफूलाई पनि डर लाग्ने । सरकारले भनेजस्तै गरी चलाएर हिँडेको छु । साहुलाई त के हुन्छ र तेल राखेर तीन चार सय बच्छ कि । नहुन भन्दा ठीकै छ । 


० अनि गाडीमा हेल्पर पनि छैनन् नि ?
–आफूलाई त खर्च पुग्दैन । हेल्पर राखेर त कसरी पुग्ला र । अहिलेलाई यसरी चलाउँ । पछि हेरम न । 


० कोरोनाको डर लाग्दैन ?
–लाग्छ नि । लागेर के गर्नु । कतिसम्म घर बस्नु । फेरि गाडीको ऋण छ । किस्ता तिर्नुपर्छ । 


० लकडाउनको त तिर्नुपरेन होला नि ?
–किन नतिर्नु नि तीन महिनाको ५० हजारका दरले तिरियो । 


० बैंकहरूले त यो अवधिको पैसा मागेका छैनन् त ?
–काभ्रेतिरको सहकारी हो । त्यहीँबाट गाडी लिइयो । लगातार फोन गरेकोग¥यै ग¥यो अनि तिर्नुप¥यो । समस्या छ । हामी मजदूर त जताबाट पनि मर्कामा । 


० गाडीलाइनमा आएको कति भयो नि ?
–१०–१२ वर्ष भयो । म एक वर्षजति ट्याम्पुहरू चल्दा ढोकामा बसें । त्यसपछि गाडी नै चलाउन थालें । 


० कसरी आउनु भयो त यो लाइनमा ?
–कक्षा ५ सकेर ६ को भर्ना भएको थिएँ माओवादीमा लागियो । त्यतै हिँडियो । 


० पढ्नै छाडेर माओवादीमा लागेको ?
–त्यस्तै परिस्थिति बन्यो । श्यामकुमार श्रेष्ठ (जो राज्यमन्त्रीसम्म भए) र कमरेड ललितसंग हिँडियो । उनीहरू ठूला नेता भए । आफूहरू केही पनि भइएन । जीवन नै बर्बाद जस्तो भयो । पछि शान्ति वार्ता भयो । अनि शक्तिखोरमा गएर बसियो दुई महिना लडाकुका लागि । तर अयोग्य घोषित भइयो । अनि अन्धकार भयो । 


० के गर्नुहुन्थ्यो नि बालकै उमेरमा माओवादीमा ?
–सूचना यताउता पु¥याउने । तालिम लिइन्थ्यो । गाउँमै बसिन्थ्यो । जंगलमा त को बस्थ्यो र । 


० हातहतियार नि ?
–हामीले हातहतियार सबै चलायौं । शक्तिखोरबाट फर्केपछि सबै हतियार बुझायौं । अन्तिमसम्म पनि सकेट बमहरू थिए मसंगै । ती पनि काभ्रेमा बुझाइयो । तर धेरै साथीहरूले हतियार पनि दिएनन् । मैले अब के काम भनेर बुझाएँ । 


० पार्टीले वास्ता गरेन ?
–पार्टी सार्टी कसैले वास्ता गरेनन् । त्यसपछि माओवादी भन्ने नै छाडिदिएँ । यिनीहरू सबै स्वार्थी रहेछन् भन्ने लाग्यो । गाडी पल्टेर घाइते भइयो । काठमाडौंमै बस्नुप¥यो । केही गर्नुप¥यो भनेर ट्याम्पुको एक वर्ष खलासी भएँ । अनि गाडी सिकियो । चलाउन थालियो । विदेश गएर आएर आफैले गाडी किनेर चलाउन थालियो । 


० विदेश कहाँ जानुभयो ?
–म साउदी गएँ । कुवेत पनि गएँ । पाँच वर्ष विदेश बसेर आएँ । त्यहाँ ट्रेलर चलाउँथें । ठीकै भयो । राम्रै कमाइ भयो । त्यही आँटले गाडी किनियो । 


० अब के गर्नुहुन्छ ?
–दुईटी छोरीसहित परिवार गाउँमा छन् । खेती छ गाउँमा । अब स्थिति सामान्य भए ल्याउन पर्ला । पढाउन पर्ला । आफ्नै गाडी निकाल्न पर्ला । किस्ता नतिरी भएन । 
 

प्रतिकृया दिनुहोस