माओवादी केन्द्र केन्द्रीय कार्यालयको बिस्तारित बैठक आज मङ्गलबार दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्दैछ ।
वैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा एमालेसँगको पार्टी एकता लगायतका विषयमा छलफल हुने छ ।
चुनावलगत्तै एमाले र माओवादीवीचको एकता प्रक्रिया अगाडी बढाउने वामगठबन्धनको निर्णय भएपनि नेतृत्वको विषयमा सहमति जुट्न नसक्दा पार्टी एकता संयोजन समितिको समेत वैठक बस्न सकेको छैन ।
माओवादीले एकीकृत पार्टीको नेतृत्व प्रचण्डलाई दिनुपर्ने अडान राखेको छ । एमाले यसमा तयार भएको छैन ।




