(सानो चोटले मान्छे पक्कै परिवर्तन हु“दैन । पढाइमा तलमाथि हुन बित्तिकै कि त मान्छे इखले अझ राम्रो पढेर केही बन्छ होइन भने ‘पढ्न सकिएन वा मलाई शिक्षा फापेन’ भनेर कामतिर लाग्ने पनि छन् । सल्यानका यादव परियारलाई के भयो थाहा छैन । उनी टेष्टसम्म पुगेछन् अनि छाडेर गाडी लाइनतिर आएछन् । अहिले त्यही लाइन नै उनको सहारा हो । त्यसले नै उनलाई चिनाएको छ । यो धर्तीमा टेकाएको छ । तर उनी गाडी लाइनमा नआएको भए सम्भवतः राम्रै गायक बन्थे कि † बा ४ ख ६४७६ नम्बरको गाडी चलाउ“दै गर्दा भेटिएका यादवको इच्छा पछि गायक नै बन्ने छ । विदेशतिर बरालिंदा उनी गीत गुन्गुनाउँदै यु–ट्युवमासमेत राख्न भ्याउ“छन् । उनी २८ वर्षे लक्का जवान यादव परियारसंग सा“घु प्रतिनिधिले गरेको कुराकानीको यो मुख्य अंश (सं.)
सा“घु–कसरी आउनु भयो गाडी लाइनमा ?
यादव परियार–म पढ्दै थिए“ । टेष्ट जा“च दिए“ । त्यसपछि खोइ के झोंक चल्यो हान्निए“ यता । यो लाइनमा अंकलहरू हुनुहुन्थ्यो । तर उहा“हरूले सपोर्ट गर्नुभएन । अनि आफै केही गर्छु भनेर लागें ं। १४ वर्षको उमेरमै खलासी बनें । चार वर्षसम्म खलासी गरें बसमा । नेपालगञ्जदेखि धनगढी, धनगढीदेखि काठमाडौंसम्म खलासी गरें । त्यसपछि मेरो प्रमोशन भयो कण्डक्टरमा । नेपालगञ्ज, नारायणगढ, पोखराको कण्डक्टर भए“ तीन वर्षसम्म ।
सा“घु–अनि त्यसपछि ?
यादव परियार–१४ वर्ष भएछ गाडी लाइनमा बिताएको । खलासी र कण्डक्टर भएपछि गाडी चलाउन थालें । पहिले सानो गाडी चलाए“ । नेपालगञ्ज वीरगञ्ज त्यस्तै पोखरा गाडी चलाए“ ।
सा“घु–त्यसपछि ?
यादव परियार–महिनाको ४०–४५ हजार कमाइ भए पनि मलाई पैसाले पुगेन । आएको र गएको कन्ट्रोल नभएपछि म विदेश गए“ ।
सा“घु–त्यत्रो कमाइले नपुगेर ?
यादव परियार–हो पुगेन । त्यस्तै भयो । म साउदी अरेयिबा गए“ । साउदीमा ३ वर्ष १० महिना बसें । कम्पनीमा पानी ट्यांकी चलाए“ १० चक्के । तर कम्पनीको हालत बिग्रदै गएपछि फर्किनु प¥यो । अनि फर्किएर २–३ महिनाको ग्यापपछि नेपालगञ्ज तुलसीपुर गाडी चलाए“ । दुई तीन महिनापछि नेपालगञ्ज बुटबल चलाए“ । तर आफन्तले गाडी बेचेपछि म फेरि बेरोजगार जस्तै भए“ । अनि फेरि विदेश जान हिंडे ।
सा“घु–कहा“ जानका लागि ?
यादव परियार–अहिले कुवेत जा“दैछु । केही हप्ता लाग्ने भएपछि मैले किन समय खेर फाल्नु भनेर काठमाडौंमा गाडी चलाइरहेको छु । असारको अन्तिमतिर पो जान्छु कि ।
सा“घु–के रहेछ त ड्राइभरको जिन्दगी ?
यादव परियार–खासै महत्वपूर्ण देखिएन । यहा“ अरुले गल्ती गर्दा पनि आफै परिन्छ । ड्राइभर नै दोषी हुने । काठमाडौंको बसुन्धरामा गत जेठमा गाडीको ठक्करबाट एक युवतीको मृत्यु भयो । त्यहा“ दोषी को ? तर ड्राइभर दोषी भयो । पब्लिकले ड्राइभरलाई कुटे । गाडी जलाए । पब्लिकलाई कुट्ने र गाडी जलाउने अधिकार कसले दियो ? कानून छ नि कानूनको प्रयोग गर्नुप¥यो । ड्राइभर पक्राउ परेपछि कानूनअनुसार उसले सजाय भोगिहाल्छ नि ।
सा“घु–तपाईलाई पनि त्यस्तो केही भएको थियो र ?
यादव परियार–म विदेश जानुअघि दाङ्गको लमहीमा एक महिलाको ठोक्किएर मृत्यु भयो । तत्काल म प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरें । मैले त्यसो नगरेको भए पब्लिक आएर मलाई कुट्थे र मेरो गाडी जलाउ“थे । तर विदेशमा त्यस्तो हु“दैन । विदेशमा त ड्राइभरलाई सम्मान गरिन्छ । उसले गरेको गल्तीको सजाय पाउ“छ । तर कसैले पनि कानून हातमा लिंदैन ।
सा“घु–साउदीमा कुनै घटना त भएन नि ?
यादव परियार–कसैलाई हानिएन । तर कामको चापले ४८ घण्टासम्म अनिद्रो परियो । त्यसबेला गाडी दुर्घटनामा प¥यो । म र अर्को एक जना थियौं । गाडी चलाउ“दा चलाउ“दै निद्रा लागेछ अनि गाडी पल्टियो । तर बा“च्यौं । रातिमा १०–१२ वटा गाडीका मान्छे आएर सोधपुछ गरे । हामी ठीक भएको देखेर उनीहरू खुसी भए । ट्राफिक प्रहरी पनि आयो । तत्काल एम्बुलेन्स पनि आयो । हस्पिटल लैजान खोज्यो । हामी ठीक भएको जनाएपछि कम्पनीमा उनीहरूले फोन गरेर जनाउ गरेर छाडिदिए । त्यो हो नि सरकारको दायित्व ।
सा“घु–के सिकिएछ अहिलेसम्म ?
यादव परियार–कोसंग कस्तो व्यवहार गर्ने भनेर सिकें । नराम्रो सिकिन त्यसैले मलाई नराम्रो भएन । जीवनमा गलत बाटो हिंडिएन जसले गर्दा नोक्सान भएको छैन । म राम्रो छु । तर मेरो साथीले नराम्रो गरे म पनि नराम्रो हुन्छु । विशेषगरी गाडी लाइनमा यस्तो हु“दो रहेछ । गाडी लाइनमा लागेकाहरू केही लापरबाह पनि छन् । सबै त त्यस्ता छैनन् नि । तर राम्रा पनि बदनाम हुन्छन् । निल्नु न ओलक्नुको जिन्दगी जस्तो । वास्तवमा गाडी लाइनमा छिरेपछि निस्कन गा¥हो हुने रहेछ ।
सा“घु–भोलिको सोच के छ ?
यादव परियार–भोलि पनि हिजो र आज जे गरियो सिकियो त्यही गर्ने त होला । तर मलाई गीत संगीततिर लाग्ने इच्छा छ । पहिले स्कूलमा छ“दा गाइयो गीतहरू । तसर्थ गाउने र एल्बम निकाल्ने मन छ । मैले ‘सागर पारीको जीवन’ भन्ने गीत गाएर यु–ट्युवमा पनि राखेको छु । पछि गायनमै केही गर्ने सोच छ ।



