• शुक्रबार-चैत-१६-२०८०

गंगालालमा उपचाररत ७ जनामा कोरोना संक्रमण

 

काठमाडौं । काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमण पुष्टि गरेस“गै हृदय रोग केन्द्रले आकस्मिक बाहेकका सबै सेवाहरु हालका लागि स्थगित गरेको छ । 


अस्पतालले सूचना जारी गर्दै संक्रमणबाट सतर्कता अपनाउन आकस्मिकबाहेकका सेवा बन्द गर्नुपरेको जनाएको छ । 
 

प्रतिकृया दिनुहोस