• शुक्रबार-चैत-१६-२०८०

केयूकेएल सीईओका लागि ५ भाइको भिडन्त, कसको होला पल्लाभारी ?

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यकारी अधिकृत (सीईओ) को सर्ट लिस्टिङमा ५ जनाको नाम परेको छ । प्रमुख कार्यकारी अधिकृत छनोट सिफारिस समितिले ई. अर्जुनबाबु ढकाल, डा. डोलप्रसाद चापागाईं, भूपेन्द्रप्रसाद अर्याल, ई. मिलनकुमार शाक्य र ई विद्यानाथ भट्टराईको नाम सर्ट लिस्टिङ गरेको हो । मन्त्री र सचिवलाई रिझाउनुपर्ने भएकाले सर्ट लिस्टिङमा परेकाहरू आफ्नो लाइन मिलाउन दौडधुपमा लागेका छन् । 

वर्णानुक्रमअनुसार निकालिएको सर्ट लिस्टको पहिलो नम्बरमा गोरखाका अर्जुनबाबु ढकाल छन् । केयूकेएलका स्थायी जागिरे उनी ढल महाशाखाका प्रमुख हुन् । 

कांग्रेसनिकट मानिने ढकाल खानेपानी संस्थानका पूर्वमहाप्रबन्धक भइसकेका व्यक्ति हुन् । शेरबहादुर देउवा सरकारको पालामा उनी संस्थानका महाप्रबन्ध बनेका थिए । तर उनले कार्यसम्पादनमा ९ अंक मात्रै ल्याएका थिए । कार्यसम्पादन मूल्यांकनको आधारमा हटाउन खोजिए पनि उनी राजीनामा दिएर केयूकेएलको जागिर खान आएका थिए । ढकाल डेमोक्र्याट पृष्ठभूमिका भएको र सरकार वामपन्थीहरूको रहेकाले उनको सम्भावना तुलनात्मक रूपमा निकै कम रहेको बताइन्छ । 

डोलप्रसाद चापागाईं सर्ट लिस्टिङको दोसं्रो नम्बरमा परेका छन् । खानेपानीसम्बन्धी गैरसरकारी संस्था सोपानका उपमहासचिव समेत रहेका चापागाईं केयूकेएलकै जागिरे हुन् । हाल उनी जावलाखेल शाखा प्रमुख छन् । चापागाईं हालसम्म कुनै विवादलमा नपरेको उनका सहकर्मीहरू बताउँछन् । यद्यपि, सर्ट लिस्टिङमा रहेका अन्य उम्मेदवार अनुभवी र राजनीतिक पहुँच भएका व्यक्ति भएकाले उनको सम्भावना पनि कम देखिन्छ । 

केयूकेएलको सीईओ पड्काउने ध्याउन्नमा रहेका भूपेन्द्रप्रसाद अर्याल फन्ड बोर्डका पूर्वकार्यकारी निर्देशक हुन् । उनी बोर्डमा ५ वर्षका लागि नियुक्त भएका थिए । तर वामपन्थी दलसँग निकट उनी बीना मगर खानेपानी तथा सरसफाइ मन्त्री बनेसँगै जिम्मेवारीबाट हटेका थिए । त्यसैले सीईओका लागि उनी छनोट हुँदैनन् कि भन्ने अनुमान केयूकेएलका कर्मचारीले गरेका छन् । 

मिलनकुमार शाक्य केयूकेएलमा लामो लगानी रहेका व्यक्ति हुन् । उनी अहिले पनि सीईओकै रूपमा त्यहाँ कार्यरत छन् । अनुभव, वामपन्थी दलसँगको निकटता र स्वच्छ छवि उनको प्लस प्वाइन्ट हो । त्यसैले केयूकेएलको सीईओमा पुनः शाक्यले नै निरन्तरता पाउने ठानिएको छ । 

मंसिरमा अवकाश हुन लागेका सह–सचिव विद्यानाथ भट्टराईले पनि केयूकेएलको सीईओमा लोभ गरेका छन् । 
 

प्रतिकृया दिनुहोस