• बिहीबार-बैशाख-१३-२०८१

सडकका सुई यादवलाई लगभग २ कराेड विगाेसहित मुद्दा : श्रीमतीकाे सम्पत्ति जफत 


काठमाडाैं ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट ईन्जिनियर (हाल अवकाश प्राप्त) चन्द्र नारायण यादवले पदमा रहँदा गैरकानूनी सम्पति आर्जन गरेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरी उपरको अनुसन्धानको क्रममा निज चन्द्र नारायण यादवले  २०३६।0८।0२ मा सुनसरी-मोरङ्ग सिंचाई विकास समितिमा ओभरसियर पदबाट म्यादी नियुक्ति भई  २०४७।0३।१२ मा इन्जिनियर पदमा स्थायी नियुक्ति पश्चात विभिन्न कार्यालयहरुमा कार्यरत रही  २०७४।११।१६ मा सुपरिटेन्डेट ईन्जिनियरको पदबाट अवकाश प्राप्त गरेको अख्तियारकाे ठहर रहेकाे छ  । 


सार्वजनिक सेवामा प्रवेश  २०३६।०८।०२ देखि अवकास प्राप्त २०७४ फागुन १6 सम्मको अनुसन्धानमा लिइएको जाँच अवधिमा निजले पारिश्रमिक वचत आय रु.२७¸४६¸६३७।-, दुर्गम तथा स्थानिय भत्ता वापतका आय रु.३,०८,४०२।–¸ कृषि आय रु.२६¸८५¸७००।-,  कर्जा आय रु.३६,५६,९००।-,  कर्जा अ.ल्या. मौज्दात रु.८¸७७¸१००।- समेत गरी जाँचअवधिमा निज चन्द्र नारायण यादवले रु.१,०२,७४,७३९।– आय आर्जन गरेको अख्तियारले बताएकाे छ । 


अख्तियारका अनुसार, सोही जाँच अवधिमा निज चन्द्र नारायण यादवको श्रीमती राधा कुमारी यादव र छोरी आँचल यादवको नाममा दर्ता कायम रहने गरी जग्गा खरिदमा रु.३२¸२४¸२५०।-, घर निर्माण एवं घरमा जडित तथा रहेको फर्निसिङ्ग, फर्निचर, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल समाग्री सहितमा रु.९२¸८३¸४६४।-, कर्जा चुक्ता प्रयोजनमा रु.३१,४८,२०४।-, कर्जा बैंक मौज्दातमा रु.८¸७७¸१००।-,  पुँजीगत लाभकरमा रु.५०¸०००।-,  छोरी आँचल यादव र छोरा आभुषण यादवसमेतलाई चिकित्सा शास्त्र MBBS अध्ययनसमेतको शैक्षिक खर्चमा रु.८०¸५९¸४१६।–¸ शेयर खरिदमा रु.१५¸७००।-, नेपाल एसवीआइ बैंक लि. मा रहेको खाता नं. १७७१५२४०००६६९० मा एकैदिन ४ पटक गरी जम्मा भएको स्रोत नखुलेको रकम रु.३५¸५०¸०००।- र  बैंक खाताहरुमा मौज्दात रु.५¸७८¸३३३।- समेत गरी अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा खर्च लगानी गर्नमा निजले रु.२¸८७¸८६¸४६८।- खर्च तथा लगानी गरेको देखिएकाे अख्तियारकाे अनुसन्धानमा पत्ताे लागेकाे छ  ।


साथै निज चन्द्र नारायण यादवको वैध आय रु.१,०२,७४,७३९।–को अनुपातमा आयभन्दा वढी गरेको रु.१,८५,११,७२८।– बराबरको भागको सम्पत्तिको स्रोत खुल्न नआएको पाइएकोले निज चन्द्र नारायण यादवले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निज चन्द्र नारायण यादवलाई बिगो रु.१,८५,११,७२८।– (एक करोड पचासी लाख एघार हजार सात सय अठ्ठाईस) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ मा उल्लेख भए वमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै निज चन्द्र नारायण यादवले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको तपसिलमा उल्लेख गरेका सम्पत्तिहरुसमेत साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा ३¸ १६ ग., दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख. बमोजिम असुल उपर/जफत गरी पाउन निजको श्रीमती राधाकुमारी यादव समेतलाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी कायम गरी २०७७ असार २२ गते विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 

प्रतिकृया दिनुहोस