🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

पार्टी विभाजनकाे चरणमा प्रवेश : एकता बचाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २१  असार : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा अहिले देखिएको समस्याबारे मन्त्री र राज्यमन्त्रीहरुसंँग छलफल गर्नुभएको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा २०७७ असार २० गते साँझ मन्त्रीहरुलाई नेकपामा देखिएको समस्याबारे  प्रधानमन्त्रीले अवगत गराएको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले जानकारी दिनुभयो । 

‘पार्टी विभाजनका चरणमा प्रवेश गरेकाले’ त्यसलाई रोक्नका लागि सहयोग गर्न सबै मन्त्रीलाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको राज्यमन्त्री रावतले बताउनुभयो । ‘‘पार्टी एकता जुन ढङ्गले भएको थियो,  त्यही गतिका साथ पार्टीकै शीर्ष नेता नलागेर बेठीक ढङ्गले लाग्नुभयो’’,  प्रधानमन्त्रीलार्ई उद्धृत गर्दै रावतले भन्नुभयो, ‘‘पार्टी एकता गर्दा जे सहमति, सहकार्य गरिएको थियो, त्यस विपरीतका क्रियाकलाप हुन थाल्यो । त्यसैले पार्टी एकता कायम गर्न मलाई सहयोग गर्नुहोस् । ’’

बैठकमा आफूले प्रधानमन्त्री र अध्यक्ष दुवै नछाड्ने जनाउँदै नेता ओलीले पार्टी एकता गर्दाको  सहमतिअनुसार आफू चल्ने बताउनुभएको रावतले जानकारी दिनुभयो । 

 बैठकमा मन्त्रीहरुले पार्टी अल्पमत वा बहुमतमा नभई विधानअनुसार दुवै अध्यक्षले चलाउनुपर्ने जनाउँदै पार्टी एकता जसरी भए पनि कायम राख्नुपर्नेमा जोड दिएको राज्यमन्त्री रावतले बताउनुभयो ।  

रावतका अनुसार मन्त्रीहरुले पार्टीका शीर्ष नेताका विरुद्ध बाहिर सञ्चारमाध्यममा आएका समाचार विश्वसनीय नभएको जनाउनुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसंँग छलफल गरेपछि साँझ ७ बजे प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्यसंँग छलफल गर्नुभएको थियो ।

छलफलमा सबै मन्त्री र राज्यमन्त्रीको सहभागिता थियो । केही दिनदेखि पार्टी एकतामा समस्या देखिएपछि प्रधानमन्त्री ओली र अन्य शीर्ष नेताहरु छलफलमा व्यस्त हुनुभएको छ । (रासस)
—

नेकपाका ५३ जना केन्द्रीय सदस्य यसाे भन्छन् :

अहिले रातिको १२ बजेको छ । पार्टीमा देखिएको समस्याका बारेमा नेकपाका केन्द्रीय सदस्यहरुका बीचमा जुम छलफल गरियो । सबैलाइ खबर गरिएकाेमा ५३ जना सहभागी हुनु भयाे । सबैको राय रह्यो– (१)सबैले विधि, पद्धति अनुसार चल्नु पर्दछ, सबैले पार्टीको निर्णय मान्नु पर्दछ । (२) पार्टी एकतालाई बलियो बनाउनु पर्दछ, पार्टी एकीकरणका बाँकी काम तत्काल सम्पन्न गर्नु पर्दछ । (३) सरकार र पार्टीका बीचमा रहेको दुरी हट्नु पर्दछ । (४) तत्काल केन्द्रीय कमिटिको बैठक बोलाउनु पर्दछ । र, (५) कुनै पनि नेताले मै ठूलो र म नै सबैथोक भन्ने घमण्ड त्याग्नु पर्दछ, आत्मालोचित हुने बानी बसाल्नु पर्दछ । (६) पर्याप्त तयारी गरेर मात्र महाधिवेशनमा जानु पर्दछ । (विजय पाैडेल नेकपाका केन्द्रीय सदस्य, २०७७ असार २० गते रातकाे १२ बजे)