• शनिबार-बैशाख-८-२०८१

गण्डकीका ४ जिल्लाका ३२ जनामा कोरोना पुष्टि

पोखरा  । गण्डकी प्रदेशका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । 

प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ३२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । 

संक्रमित हुनेमा नवलपरासीका १९,  तनहुँका  ९,  पर्वततका ३ जनामा कोरोना भेटिएको हो । 

संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताइएको छ । 


योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ६३ पुगेको छ । २ संक्रमितको मृत्यु भएको छ । 

प्रतिकृया दिनुहोस