• शनिबार-बैशाख-८-२०८१

नेकपा स्थायी समिति बैठक फेरि स्थगित 

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । 

बिहीबार केहीबेर बसेर बैठक स्थगित भएको नेकपाका एक नेताले जानकारी दिए । 

स्रोतका अनुसार, बैठक स्थगित गरेर दुई अध्यक्षबीच छलफल गर्ने तयारी गरिएको छ । 

जारी विवाद समाधानमा दुई अध्यक्षबीचको संवाद फलदायी हुने अपेक्षाका साथ त्यसलाई अघि बढाइएको बताइएको छ । 

नेकपाको जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भएको छ । बैठकमा बोल्ने अधिकांशले प्रधानमन्त्रीको राजीनामा मागेका छन् । 

प्रचण्ड र माधव नेपाल समूह कडा रूपमा प्रस्तुत भएपछि नेकपा विवाद पेचिलो बनेको छ । मन्त्रिपरिषदले आजै संसदको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । यहीबीच दुई अध्यक्षबीच जारी बैठक स्थगित गरेर संवाद हुन लागेको हो । 
 

प्रतिकृया दिनुहोस