🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निमोनिया र यसबाट बच्ने उपाय 

निमोनिया रोग सामान्य रोग होइन । चिसो मौसममा अक्सर गरेर निमोनिया हुने सम्भावना बृद्धि हुन्छ । अझ बुढाबुढी र बच्चाबच्चीहरूको लागि भने विशेष ध्यान नै पु¥याउनु पर्दछ । निमोनिया असाधारण रुपमा शरीरमा घाउखटिराको कारणले हुने गर्दछ । यसका कारण छालामा पानी भरिन पनि जान सक्छ । सामान्य रुपमा निमोनिया विभिन्न कारणहरूले गर्दा हुन्छ । जहाँ प्रमुख कारणहरू भने बेक्टेरिया, भाइरस, फंजाई एवं अन्य परजीवीहरू हुन्् ।

बेक्टरियाको कारण भएको निमोनिया करीब चार हप्तामा ठीक हुन सक्छ । यसकै विपरीत भाइरसका कारण भएको निमोनिया निको हुन भने बढी समय लाग्ने गर्दछ । निमोनिया पीडितले सादा भोजन गर्नुपर्ने हुन्छ र बढी मात्रामा पानी पिउनु पर्दछ । बिरामीहरूलाई तेल, मसालेदार एवं बाहिरका खानाहरूबाट टाढा नै राख्नुपर्दछ । 

लक्षणहरु 

–निमोनियाको लक्षणमा खासगरी बिरामीहरू रगत बान्ता गर्ने गर्दछन् ।

–यसका अलावा छालाहरू निलो हुने, बान्ता हुने, व्यवहारमा परिवर्तन, थकान , भोक नलाग्ने, जोर्नी तथा मांशपेशीहरूमा पीडा पनि हुने गर्दछ । 

–छाती दुख्ने, ज्वरो आउने जहाँ शरीरको तापक्रम १०३ देखि १०४ डिग्रीसम्म पुग्न सक्दछ । चिसोको कारण शरीर ठण्डा हुन पुग्छ, टाउको दुख्छ, सुख्खा खोकी आउँछ, खोक्ने क्रममा कम मात्रामा कफ आउँछ । सानो बच्चाबच्चीमा भने यस्तो लक्षण देखिदैन ।

बच्ने उपायहरू 

– यस्ता लक्षणहरू देखिन थालेपछि सुरुमा डाक्टरसँग सल्लाह लिने र उपचार गराउनुपर्छ । 

–रोगीलाई आराम गर्न तातो कोठामा राख्नुपर्दछ । खुला रुपमा अक्सिजन बिरामीले पाउनुपर्दछ । 

– तातो पेय पदार्थहरू जस्तै चिया, तातो पानी, फलफूलका रसहरू आदि खुवाउनु पर्दछ । 

–छातीमा दुखाई भएमा तातो पानीमा ल्वाङ, तुलसीको पत्ता, पिपलको पात आधा कप पानीमा पिसेर थोरै मिश्री हालेर पिउनु पर्दछ । यसले संक्रामक किटाणुबाट बचाउने काम गर्दछ । 

– नीम एवं पिपलको पत्तालाई पिनेर गोली बनाई विहान बेलुका एक÷एक गोली पानीसँग खानु पर्दछ । 

–बच्चा बच्चीहरूलाई निमोनिया भएमा दूधमा थोरै केसर मिसाएर दैनिक रुपमा ३ पटक खुवाउनु पर्दछ ।