• बिहीबार-बैशाख-१३-२०८१

शीतलनिवास पुगेर राष्ट्रपतिलाई भेटे भारतीय राजदूतले 

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय राजदूत विजय मोहन क्वत्राले भेटेका छन् । क्वात्राले शीतलनिवास पुगेर २०७७ असार १७ गते बुधबार बिहान भेटवार्ता गरेका हुन् । 

 

राष्ट्रपति कार्यालय स्रोतका अनुसार, दुईबीच करिब ३५ मिनेट भेटवार्ता भएको थियो । 

 

भेटवार्ता के विषयमा केन्द्रित थियो भन्नेबारे भने खुलेको छैन । 

 

तर नेकपाको विवाद पेचिलो बनिरहेका बेला राष्ट्रपति र छिमेकी भारतका राजदूतबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

 

भारतीय राजदूत क्वात्राले पछिल्ला केही दिनयता सक्रियता बढाएका छन् । उनले राष्ट्रपतिसँगै विभिन्न दल र नेतासँग पनि भेटेकाे खबर छ ।  

प्रतिकृया दिनुहोस